IME Life New

लगानीकर्ता ज्ञान अभिवृद्धिका लागि नेपाल धितोपत्र बोर्ड र महासंघबीच सहकार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड र महासंघबीच सहकार्यका लागि सम्झौता भएको छ । पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गरी सुसूचित एवं विश्वसनीय धितोपत्र बजार विकास गर्ने उद्देश्यले पूँजी बजार सम्बन्धी ज्ञान तथा जनचेतना अभिवृद्धिका लागि लगानीकर्ता प्रशिक्षण कार्यक्रम संचालन गर्न समझदारीपत्रमा हस्ताक्षर भएको हो । विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा असोज १८ गते महासंघमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । उक्त समझदारीपत्रमा बोर्डका अध्यक्ष रमेश कुमार हमाल र महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले हस्ताक्षर गरे ।

कार्यक्रममा बोर्डका अध्यक्ष रमेश कुमार हमालले समझदारीका लागि महासंघलाई धन्यवाद ज्ञापन गर्दै वित्तीय साक्षरता अभिवृद्धिमा एक कोसेढुंगा सावित हुने बताए । धितोपत्र बजारमा लगानी तथा जोखिम सम्बन्धी जनचेतना अभिवृद्धि हुने उनको भनाई छ । कार्यक्रममा महासंघका अध्यक्ष  चन्द्र प्रसाद ढकालले महासंघको सञ्जाल देशव्यापी रहेको र उक्त सञ्जाल मार्फत धितोपत्र बजार सम्बन्धी ज्ञान अभिवृद्धिमा विशेष योगदान गर्न सकिने हुँदा समझदारी गरिएको भनाई राखे । करिब ५९ लाख लगानीकर्ता रहेको धितोपत्र बजार बिकासमा सरकार सम्वेदनशील हुनुपर्ने अध्यक्ष ढकाललको भनाइ थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा स्वागत मन्तव्य दिने क्रममा महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्यले धितोपत्र बजारमा लगानीकर्ताको सहभागिताको अवस्थालाई हेर्दा बजार सम्बन्धी ज्ञान बढाउनुपर्ने आवश्यकता देखि समझदारी गर्ने प्रकृया अगाडि बढाईएको भनाई राखे । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल र ज्योत्स्यना श्रेष्ठले पूँजी बजार विस्तारमा यस समझदारीले सहयोग पुग्ने बताए । साथै कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक तथा विश्व लगानीकर्ता सप्ताह २०२३ संचालन समितिका संयोजक डा. नवराज अधिकारीले धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमको दोस्रो सत्रमा लगानीकर्ताहरुलाई धितोपत्र बजारमा लगानी तथा जोखिम व्यवस्थापन सम्बन्धी कार्यपत्र प्रस्तुतिका लागि बोर्डका निर्देशक रेवत श्रेष्ठले लगानीको जोखिम र अवसरबारे जानकारी गराए । सो कार्यक्रममा महासंघका पदाधिकारी, बोर्डका पदाधिकारी, लगानीकर्ता संघ संस्थाका प्रतिनिधि जिल्ला नगर उद्योग वाणिज्य संघका पदाधिकारी तथा वस्तुगत संघका पदाधिकारी, धितोपत्र व्यवसायी संघ संस्थाका पदाधिकारीको उपस्थिति रहेको थियो ।

हाल नेपालमा धितोपत्र बजारमा आवद्ध डिम्याट खाता लिने लगानीकर्ताको संख्या ५९ लाख ४८ हजार भन्दा बढी पुगिसकेको सन्र्दभमा धितोपत्र बजारलाई सुसूचित एवं विश्वसनीय बनाउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यलाई निरन्तररुपमा सञ्चालन गर्नु अपरिहार्य भएको सन्दर्भमा बोर्ड तथा महासंघसँग बीच भएको समझदारीले दीघकालीन रुपमा लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि सञ्चालन भई धितोपत्र बजारमा सुसूचित लगानीमार्फत बजारमा स्थायित्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS