IME Life New

शेयर धिताे कर्जाकाे सीमा १५ कराेड पुग्याे, इन्भेष्टमेण्ट कम्पनीले २० कराेडसम्म कर्जा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १५ देखि २० कराेड रूपैयाँसम्म पुर्याएकाे छ। बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दैं इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई शेयर धिताे कर्जावापत एकल ग्राहक कर्जाकाे सीमा साबिककाे १२ कराेड रुपैयाँबाट १५ कराेड रुपैयाँ प्रवाह गर्न सक्ने प्रावधान ल्याएकाे हाे ।

Esewa
Crest

यसैगरी धिताेपत्रमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका स‌ंस्थागत लगानीकर्ताले शेयर धिताे कर्जामा २० कराेड रूपैयाँसम्म कर्जा पाउने भएका छन् । यसअघि व्यक्तिगत र संस्थागत दुबैखाले ग्राहकका लागी १२ कराेड रूपैयाँकै सीमा थियाे। कर्जाकाे सीमा बिस्तार सम्बन्धी राष्ट्र बै‌ंककाे निर्णयले शेयर बजारमा पार्ने प्रभाव आइतबारकाे काराेबारले देखाउनेछ।

शेयर बजारका खेलाडीले १२ कराेड रुपैयाँकाे सीमाले शेयरमा लगानीलाई निरुत्साहित गरेकाे भन्दै लामाे समयदेखि याे प्रावधान हटाउनका लागी अर्थमन्त्रालय र नेपाल राष्ट्र बै‌ंक समक्ष पहल गर्दै आएका थिए । पछिल्लाे समयमा बै‌ंकमा तरलता सहज भएकाले शेयर बजारकाे काराेबारलाई उकास्नका लागी कर्जा लगानीकाे सुविधा खुकुलाे बनाउनुपर्ने निष्कर्षमा अर्थ मन्त्रालय पुगेकाे थियाे। गभर्नर महाप्रसाद अधिकारी लगानीकर्ताहरुबाट आएकाे चाैतर्फी दबाबका बावजुद शेयर धिताे कर्जाकाे सीमा १२ कराेड रुपैयाँबाट बढाउने पक्षमा देखिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

80%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS