IME Life New

शंकर समूहका कम्पनीहरू धमाधम पब्लिकमा रूपान्तरण, प्रिमियममा आइपिओ बेच्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिक बैंक कर्जाका कारण मन्दीका बेला चालू पूँजी व्यवस्थापन गर्न नसक्दा अप्ठेराेमा परेकाे शंकर समूहले आफ्नाे लगानीका ठूला कम्पनीहरुलाई धमाधम पब्लिक लिमिटेडमा रुपान्तरण गर्दै प्रिमियम मूल्यमा शेयर निष्काशनकाे तयारी गरेकाे छ।

मधेश प्रदेशकाे बाराकाे सिमरामा अवस्थित जगदम्बा स्टील्सलाई प्रालिबाट लिमिटेड कम्पनीमा रुपान्तरण गराएकाे छ। मधेश प्रदेशकै मिर्चैयामा अवस्थित साैर्य सिमेण्ट प्रा‍लिलाई पनि लिमिटेड कम्पनीमा रुपान्तरण गरेकाे छ। यसैगरी काठमाडाै‌ंकाे नक्सालमा पाँच तारे स्तरकाे हाेटल निर्माण गरिरहेकाे जगदम्बा हस्पिटालिटी प्रालिलाई पनि लिमिटेडमा रुपान्तरण गरि सकेकाे छ।

Esewa
Crest

जगदम्बा स्टील्स श‌ंकर समूह अन्तर्गतकाे सबैभन्दा ठूलाे लगानी र काराेबारकाे हिसाबले सबैभन्दा ठूलाे काराेबार भएकाे कम्पनी हाे । आइपिओका लागि इन्फाेमेरिक्स नेपालबाट रेटिङ समेत लिई सकेकाे छ। इन्फाेमेरिक्सले आइआरएन त्रिपल बि रेटिङ दिएकाे छ।

यसैगरी श‌ंकर समूह प्रवर्द्धक रहेकाे साैर्य सिमेण्ट उद्याेगले पनि इन्फाेमेरिक्स नेपालबाट शेयर निष्काशन प्रयाेजनका लागि रेटिङ गराएकाे छ। इन्फाेमेरिक्सले साैर्य सिमेण्टलाई आइआरएन त्रिपल बी माइन रेटिङ प्रदान गरेकाे छ। यसअघि गत असारमै श‌ंकर समूहकाे समेत लगानी रहेकाे निजी क्षेत्रकाे पुनर्बीमक हिमालयन रिइन्स्याेरेन्सले पनि इक्रा नेपालबाट शेयर निष्काशनका लागि रेटिङ लिई सकेकाे छ। हिमालयन रिले इक्रा नेपालबाट इक्राएनपि आइआर ए माइनस रेटिङ पाएकाे छ।

धिताेपत्र दर्ता तथा निष्काशन नियमावली अनुसार आइपिओ निष्काशन अगावै रेटिङ अनिवार्य भएकाले श‌ंकर समूह अन्तर्गतका कम्पनीहरूकाे रेटिङ गरिएकाे हाे । यसबाहेक हालै नियमावलीमा भएकाे संशाेधनसँगै प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशनकाे व्यवस्था खुकुलाे बनाइएपछि शंकर समूह प्रिमियम मूल्यमा शेयर निष्काशनकाे तयारीमा जुटेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

8%
excited

उत्साहित

42%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS