IME Life New

आजदेखि नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन)ले आज असोज १५ गतेदेखि विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउने भएको छ । देशव्यापी रूपमा धितोपत्र बजारका लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न बोर्डले विभिन्न कार्यक्रम गर्दै विश्व लगानीकर्ता सप्ताह २०२३ मनाउन लागेको हो ।

लगानीकर्ताको सशक्तीकरण गर्ने उद्देश्यले धितोपत्र नियमनकर्ताहरूको अन्तरराष्ट्रिय संगठन (आइओएससीओ) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ । सोही अवसरमा विश्वभरका १०० भन्दा बढी देशमा अक्टोबर २ देखि ८ तारिखसम्म लगानीकर्ता सप्ताह मनाउने गरिएको बोर्डले जनाएको छ ।

Esewa
Crest

नेपाल पनि आइओएससीओको एसोसियट सदस्य भएकाले यो अवसरमा सेबोन तथा पूँजीबजारसँग सम्बन्धित अन्य पक्षहरूले लगानीकर्तालाई लक्षित गरी विभिन्न कार्यक्रमहरू गर्दै आएका छन् ।

यस वर्ष पनि आइओएससीओले अक्टोबर २ देखि ८ सम्म (असोज १५ गतेदेखि २१ गतेसम्म) विश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरेकाले विविध कार्यक्रमका साथ विश्व लगानीकर्ता सप्ताह मनाउन लागिएको बोर्डले जनाएको छ

धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हकहित सुरक्षण गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको साताव्यापी कार्यक्रम निकै महत्त्वपूर्ण हुने विश्वास बोर्डको छ । बोर्डले धितोपत्र बजारसम्बन्धी सूचना तथा गतिविधिहरू सर्वसाधारणमा प्रवाह गर्दै बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने योजना बनाएको छ ।

धितोपत्र बजारका विविध विषयहरूमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाईमा धितोपत्र बजार सञ्चालक (नेप्से, राफसाफकर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एशोसियशन, क्रेडिट रेटिङ्ग संस्था, स्टक डिलर तथा पिईरभिसी कोष व्यवस्थापक समेतको सहभागिता रहने बोर्डको भनाई छ ।

सप्ताहको अवसरमा गरिने कार्यक्रमबाट आम लगानीकर्तामा वित्तीय साक्षरता अभिवृद्धि हुने बोर्डको भनाइ छ । यसबाट लगानीकर्ताले उपयुक्त निर्णय लिन सक्ने र पूँजी बजारमा स्थिरता तथा विश्वसनियता अभिवृद्धि हुन सहयोग पुग्ने बोर्डको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS