काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकमा कविराज अधिकारी नियुक्त भएका छन् । कोषको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई ४ वर्षको लागि उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
उपसमितिबाट सिफारिस भएका तीन जना मध्येबाट अनुभव, उनीहरुले पेस गरेको व्यावसायिक कार्ययोजना र नेतृत्व गर्ने क्षमता समेतलाई मूल्यांकन गरी सञ्चालक समितिले अधिकारीलाई कार्यकारी निर्देशक नियुक्त गरेको हो ।
अधिकारी राष्ट्रिय वाणिज्य बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट एक वर्षअघि सेवानिवृत्त भएका हुन् ।