काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २,००७ दशलमव ०६ को विन्दुमा कायम भएको छ । आज २१३ कम्पनीको शेयर मुल्य बढेको छ भने ११ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै हाइड्रोपावर उपसूचक ३ दशलमव ६२ प्रतिशतले बढेको छ ।
आज १ अर्ब ४९ करोड ५५ लाख २१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । एभरेष्ट बैंकको ६ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।