काठमाडौं । सिड इनर्जी लिमिटेडले असोज १७ गते दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा ललितपुरको पुल्चोकस्थित होटल स्क्वायरमा उक्त दिन २ बजे शुरू हुने जनाएको छ ।
सभाले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको शेयर अंकित मूल्य वा प्रिमियम सहितको मूल्यमा जारी गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गर्न लागेको जनाएको छ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीको अधिकृत पूँजी र जारी पूँजी वृद्धि गर्ने भएकाले सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, प्रबन्धपत्र संशोधनका लागि आवश्यक जिम्मेवारी सञ्चालक समितिलाई दिने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।