काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न पदहरुका लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।
बैंकले सेन्ट्रल क्रेडिट डिपार्टमेन्टका लागि १ जना, एक्जिक्युटिभ सेक्रेटरी, ब्रान्च म्यानेजर र ट्रान्सजेक्सन बैकिङ्ग डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । क्षमतावान, स्किलफुल, नेतृत्व गर्न सक्ने उम्मेदवारलाई बढी प्राथमिकता दिने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदरवारले असोज २७ गतेभित्र आवेदन दिन सक्नेछन् ।