IME Life New

चुनाैतीपूर्ण बजार र पर्यावरणीय जाेखिमबीच रणनीति समिक्षा गर्दै एशियाली पुनर्बीमकहरुः फिच

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । अन्तर्राष्ट्रिय वित्तीय जाेखिम मूल्याङ्कन एजेन्सी फिच रेटिङ्सले  मुद्रास्फीति-प्रेरित बढ्दो दाबी, जलवायु परिवर्तन र वित्तीय बजार अस्थिरताको प्रभावलाई कम गर्दै एशियाली पुनर्बीमकले सन् २०२३ मा कडा बजार अवस्थाकाे निरन्तर सामना गरिरहनु परेकाे टिप्पणी गरेकाे छ।

एसियाली पुनर्बीमा बजारको दृष्टिकोणको सन्दर्भमा  फिच रेटिङ्सले हालै सार्वजनिक गरेकाे प्रतिवेदनमा याे विषय उल्लेख गरेकाे हाे । फिचकाे वरिष्ठ विश्लेषक जेसिका प्रतिवीले भनेकी छिन्, “एशियाली पुनर्बीमकहरूले सन् २०२३ मा अनुकूल दर वृद्धिसँगै कडा बजार अवस्थाबाट फाइदा लिन जारी राख्नेछन्। पुनर्बीमकहरूले सीमित खुद धारण क्षमतासँग पनि जुध्नुपर्नेछ । यसले जाेखिमा‌ंकन गुणस्तर र जोखिम छनोटमा सुधार गर्नका साथै ठोस पूँजी कायम राख्नमा बढी ध्यान केन्द्रित गर्दछ।

Esewa
Crest

फिचको प्रतिवेदन अनुसार, एसिया-प्यासिफिक (एपीएसी) क्षेत्रका धेरै नियामकले पुनर्बीमकको लागि आफ्नो नियामक पूँजी आवश्यकतालाई निरन्तर वृद्धि गर्दै लगेका छन्। मूल्याङ्कन एजेन्सीले बढ्दाे न्यूनत्तम पूँजी सम्बन्धी प्रावधानले  “पुनर्बीमकहरुलाई थप बलियो पूँजी निर्माण गर्न प्रोत्साहित गर्नेछ र पुनर्बीमा उद्योगलाई आर्थिक र जलवायु परिवर्तनका कारण हुन सक्ने नाेक्सानीकाे प्रभाव कम संवेदनशील बन्न मद्दत गर्नेछ।

फिचले पुनर्बीमा दर निर्धारणलाई उपयुक्त बनाउन पुनर्बीमकहरुलाई उनीहरूको पोर्टफोलियो जोखिम स्तरहरूको सम्भावित प्रभाव बुझ्नको लागि महत्त्वपूर्ण रूपमा डेटा एनालिटिक्स बढाउनुपर्नेमा पनि जाेड दिएकाे छ।

पुनर्बीमकहरुले पोर्टफोलियो जोखिमलाई उपयुक्तस्तरमा कायम गर्नुपर्नेछ किनभने उनीहरूले उच्च मौसम-सम्बन्धित हानि र अस्थिर आर्थिक अवस्थाको बीचमा अनिश्चिततालाई हटाउन जोखिम भाेकको पुन: मूल्याङ्कन गर्नुपर्नेछ। फिचले ऐतिहासिक क्षतिका अनुभव, प्रकोप र जलवायू परिवर्तनको सम्भावित प्रभाव, जाेखिमांकन अभ्यास, साथै सन्धि संरचनामा पुनर्बीमक विशेष स‌ंवेदनशील हुनुपर्ने सुझाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS