काठमाडौं । सानिमा बैंक लिमिटेडले विभिन्न ७ पदमा ठुलो संख्याका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ ।
बैंकले हेड लेगलमा डेपुटी म्यानेजर, सिनियर म्यानेजर, आइएसमा जूनियर अफिसर र सिनियर अफिसरका लागि केही, डाटावेस एडमिनिष्ट्रेटरमा सिनियर असिस्टेन्ट र सिनियर अफिसरका लागि केही, जाभा प्रोग्रामरमा सिनियर अफिसरका लागि, आइटीमा जुनियर असिस्टेन्ट, सिनियर असिस्टेन्ट, लगायत ७ पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिन ईच्छुक तथा योग्यता पुगेकाले भदौ २७ गतेभित्र बैंकको आधिकारिक वेबसाईट मार्फत आवश्यक कागजात संकलन गरी आवेदन दिन सकिनेछ ।