काठमाडौं । रेमिट हाइड्रो लिमिटेडले कर्मचारी माग गरेको छ । लिमिटेडले जन सम्पर्क अधिकृत सातौं तहका लागि १ जना र सिभिल सब–इन्जिनियर तह पाँचौका लागि १ जना गरी दुई जना कर्मचारी माग गरेको हो ।
जन सम्पर्क अधिकृतका लागि मानविकी वा सामाजिक विज्ञान वा सो सरहको विषयमा स्नातक उत्तीर्ण गरेको र जलविद्यु्त आयोजनामा कम्तीमा ४ वर्षको कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
साथै, सिभिल इन्जिनियरिङका लागि सम्बन्धीत विषयमा ३ वर्षे डिप्लोमा तह उत्तीर्ण गरी निर्माण परियोजनामा १ वर्षको कार्यानुभव भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।