IME Life New

कुथेली बुखरी भयो सबैभन्दा महँगो हाइड्रोपावर, सबैभन्दा बढी र कम मूल्यको सूचीमा कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  कुथेली बुखरी स्मल हाइड्रोपावर नेप्सेमा सूचीकृत हाइड्रोपावर कम्पनीमध्ये सबैभन्दा महँगो हाइड्रोपावर कम्पनी बनेको छ । भदौ १२ गते बजार बन्द हुँदा कम्पनीको बजार मूल्य ९३३ रुपैयाँ १० पैसा पुगेको छ । नेप्सेमा हाल ८२ हाइड्रोपावर कम्पनीहरु सूचीकृत छन् ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गते देखि असार २९ गतेसम्म आईपीओ विक्री गरेको थियो जसमा गोलाप्रथाबाट १० हजार ११५ जनाले कम्पनीको १० कित्ताका हिसाबले शेयर हात पारेका थिए भने ती मध्येकै १ जनाले थप १ कित्ता शेयर गरी ११ कित्ता शेयर प्राप्त गरेका थिए । भदौ ३ गते कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएकोमा छोटो समयमै आईपीओमा शेयर पाउनेलाई आकर्षक लाभ पाएका छन् ।

Esewa
Crest

८२ कम्पनीमध्ये दोश्रोमा माउन्टेन इनर्जीको बजार मूल्य ८७० रुपैयाँ छ भने तेश्रोमा रुरु जलाविधुत् परियोजनाको मूल्य ७७४ रुपैयाँ छ । सबै भन्दा सस्तो हाइड्रोपावरमा हिमाल दोलखा हाइड्रोपावर छ । कम्पनीको बजार मूल्य १३५ रुपैयाँ ३० पैसा हुँदा दोश्रोमा नेशनल हाइड्रोपावरको बजार मूल्य १४६ रुपैयाँ ४० पैसा छ । त्यस्तै तेश्रोमा दिव्यश्वरी हाइड्रोपावरको मूल्य १४८ रुपैयाँ ६० पैसा छ ।

अघिल्लो बुलमा राम्रो प्रतिफल दिएको हाइड्रोपावरको मूल्य भने निकै घटेको छ । ८२ हाइड्रोपावरको बजार मुल्य औसतमा २७४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS