काठमाडौं । आज सामान्य अंकले शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ०५ अंकले घटेर १,९९३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मुल्य बढेको छ भने १४४ कम्पनीको शेयर मुल्य घटेको छ । आज इन्भेष्टमेन्ट उपसूचक, म्युचुअल फण्ड, निर्जीवन बीमा उपसूचक र ट्रेडिङ बाहेक सबै उपसूचक घघटेका छन् ।
आज दिनभरिमा २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता शेयर किनबेच हुँदा ८६ करोड ५१ लाख २० हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आइएमई लाइफको ३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको ३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का इकाईधनीले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५ दशलमव ९५ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले गुमाएका छन् । सामलिङ पावरका लगानीकर्ताले ४ दशमलव ८३ प्रतिशतका दरले गुमाएका हुन् ।