काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्टिच्युट नेपालले म्यानेजरका लागि १ जना, अफिसरका लागि २ जना र सिनियर असिस्टेन्टका लागि २ जना गरी पाँच जना कर्मचारी माग गरेको हो । यी पदहरुका लागि स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ भने कम्तिमा पनि १ वर्ष सम्बन्धीत क्षेत्रमा काम गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।