IME Life New

आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । आज छापावाला सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार हिजो सुनको भाउ स्थिर थियो। हिजो छापावाला सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

Esewa
Crest

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँमा कारोबार भएको छ। हिजो चाँदी भाउ तोलामा १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS