काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले डिजिटल ट्रान्सफरमेसनका लागि, विजनेश हेडका लागि, अल्टरटिभ सेल्सका लागि, रिक्स म्यानेजमेन्टका लागि, अल्टरनेट सेल्स एसोसियटका लागि र ब्रान्च म्यानेजर विजनेश एक्जुकेटिभका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो कर्पोरेट अफिसरका लागि र उपत्यका बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनका लागि न्युनतम ३ वषद्येखि ७ वर्षसम्मको कार्यअनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ । ईच्छकु तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ ।