IME Life New

बीमा कलेज सञ्चालनका लागी गृहकार्य गर्दै बीमा प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल बीमा प्राधिकरण अन्तर्गतकाे शैक्षिक स‌ंस्था इन्स्याेरेन्स इन्स्टिच्यूट नेपालले बीमा विषयमा स्नातकाेत्तर तहकाे अध्यापन गराउने उच्च तहमा गृहकार्य शुरु भएकाे छ। नियामक प्राधिकरणले आफ्नाे भावी कार्य याेजनामा बीमा विषय अध्यापन गराउने र शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी बीमा क्याम्पस स्थापना गर्ने याेजना अनुरुप इन्स्टिच्यूटकाे मातहतमा कलेज स्थापना गर्ने विषयमा गृह कार्य थालिएकाे हाे ।

प्रारम्भिक चरणमा स्वदेशी विश्वविद्यालयबाटै बीमा विषयमा स्नातकाेत्तर तहकाे अध्यापनका लागी सम्बन्धन प्राप्त गरेर क्याम्पस सञ्चालन गर्ने विषयमा नीतिगत तहमा सहमति जुटेकाे छ।

Esewa
Crest

इन्स्टिच्यूटकाे भगिनी स‌ंस्थाकाे रूपमा कलेज स्थापना गरिने भएपनि कलेजकाे व्यवस्थापन र सञ्चालनका लागी इन्स्टिच्यूटले विशेषज्ञ सहितकाे टाेलीलाई जिम्मेवारी दिनेछ। कलेज सञ्चालनका लागी आवश्यक लगानी,पूर्वाधार, जनशक्ति व्यवस्थापन, सम्बन्धन शुल्क, विद्यार्थी जुटाउन सकिने अवस्था लगायतका विषयमा अध्ययन र छलफल भइरहेकाे सम्बद्ध श्राेतले जानकारी दिएकाे छ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS