काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । संस्थाले ६ पदका लागि १५५ जना कर्मचारी माग गरेको हो । संस्थाले सहायक प्रबन्धकमा ७ जना, वरिष्ठ अधिकृत तथा अधिकृतका लागि १८ जना, सुपरभाइजर, वरिष्ठ सहायक र सहायक पदका लागि ३० जना र प्रशिक्षार्थीमा १०० जना कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । संस्थाले केन्द्रीय कार्यालय, आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।