काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका लागि केही, मिडी हेल्थ युनिटका लागि अफिसर लेभलमा १ जना, इन्भेष्टमेन्ट डिपार्टमेन्टमा म्यानेजरका लागि १ जना र डिजिटल सेल्समा अफिसर १ जनाका लागि कर्मचारी माग गरेको हो ।
कम्पनीले आफ्नो हेड अफिस, शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले कम्तिमा स्नातक तह देखि स्नाकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले असार २० गतेभित्र आवेदन दिन सक्नेछन् ।