काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदका लागि ११ जना कर्मचारी माग गरेको हो । कम्पनीले प्रबन्धकमा २ जना, कनिष्ठ अधिकृतमा २ जना, बरिष्ठ सहायकमा २ जना र सहायकमा ५ जना गरी कुल ११ जना कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणपत्र तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने संस्थाले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले आवश्यक कागजात संकलन गरी असार ११ गतेसम्म आवेदन दिन सकिनेछ ।