काठमाडौं । नबिल बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि र जुनियर टेलर पदका लागि कर्मचारी माग गरेको हो ।उक्त पदहरुमा आवेदन दिनको लागि प्लस टु देखि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, क्षमतावान , नेतृत्व गर्न सक्ने क्षमता भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।