डा. नवराज अधिकारी
देशको अर्थतन्त्रको विकास तथा विस्तारमा अन्य कुराहरूका अतिरिक्त वित्तीय स्रोत साधनको महत्वपूर्ण भूमिका हुने गर्दछ । वित्तीय स्रोत साधनले वस्तु तथा सेवाको उत्पादन र उपभोगलाई बढाउने तथा गतिशील बनाउने गर्दछ । अन्य स्रोत साधन जस्तै वित्तीय स्रोत साधन समेत व्यक्ति तथा संस्था, ठाउँ तथा समय अनुसार फरक फरक परिमाण तथा लागतमा उपलब्ध हुने गर्दछ । वित्तीय स्रोत साधनको उपलब्धतालाई सहज गराउन तथा यसको प्रयोग लागतमा कमी ल्याउनका लागि देशमा वित्तीय प्रणालीको आवश्यकता पर्दछ । वित्तीय प्रणालीले बजार तथा वित्तीय संस्थाहरू मार्फत् बचतकर्ता र पूँजी आवश्यकता पूरागर्न चाहाने पक्षहरूबीच सम्बन्ध स्थापित गरी बचतलाई लगानी मार्फत् वस्तु तथा सेवाको उत्पादन र उपभोगका लागि परिचालन गर्न सहयोग पु¥याउँदछ । वित्तीय स्रोतको परिचालन जति बढी दक्ष एवम् प्रभावकारी हुन्छ उत्तिनै खर्च तथा बचत गर्ने व्यक्ति तथा संस्थाहरू प्रोत्साहित हुने र सोही अनुसार ठूलो परिमाणमा बचत तथा खर्च गर्नसक्ने वातावरणको विकास भई देशमा आर्थिक गतिविधिहरूमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकास तथा विस्तार हुने गर्दछ ।
वित्तीय प्रणालीमा विशेषगरी नियमन निकाय, बैङ्क तथा वित्तीय संस्थाहरू, गैरबैङ्किङ्ग वित्तीय संस्थाहरू, बीमा सेवा, धितोपत्र बजार, मुद्रा बजार, वस्तुको फ्यूचर्स (कमोडिटी डेरिभेटिभ्स्) बजार आदि हुने गर्दछन् । वित्तीय प्रणालीलाई बैङ्कमा आधारित वित्तीय प्रणाली र बजारमा आधारित वित्तीय प्रणालीमा वर्गीकरण गर्न सकिन्छ । बैङ्कमा आधारित वित्तीय प्रणालीमा बैङ्क तथा वित्तीय संस्था जस्ता वित्तीय मध्यस्थहरूको पूँजी परिचालनमा महत्वपूर्ण भूमिका हुने गर्दछ भने बजारमा आधारित वित्तीय प्रणालीमा पूँजी परिचालनमा बजार अर्थात् धितोपत्र बजारको महत्वपूर्ण भूमिका हुने गर्दछ । बजारमा आधारित वित्तीय प्रणालीमा दीर्घकालीन वित्तीय स्रोत साधनको परिचालन प्रत्यक्ष रूपमा हुन्छ भने बैङ्कमा आधारित वित्तीय प्रणालीमा पूँजी परिचालन वचतकर्ता र पूँजी प्रयोगकर्ता वीच बैङ्क तथा वित्तीय संस्थाहरू जस्ता मध्यस्थ मार्फत् अतिरिक्त ब्याजदर लिई अप्रत्यक्ष रूपमा हुने गर्दछ । यसर्थ बैङ्कमा आधारित वित्तीय प्रणालीमा पूँजी परिचालन प्रक्रिया अप्रत्यक्ष तथा लामो र बढी लागत लाग्ने प्रकृतीको हुन्छ भने बजारमा आधारित वित्तीय प्रणाली अर्थात् धितोपत्र बजार मार्फत् पूँजी परिचालन प्रणाली प्रत्यक्ष, गतिशील एवम् न्यून लागतयुक्त हुने गर्दछ । धितोपत्र बजार मार्फत् स–सानोरूपमा छरिएर रहेको बचतलाई सर्वसुलभ रूपमा सङ्कलन गरी ठूलो परिमाण एवम् दीर्घकालीनरूपमा पूँजी परिचालन कार्य संभव हुनेहुँदा आधुनिक विश्व अर्थतन्त्रमा धितोपत्र बजारलाई दीर्घकालीन पूँजी परिचालनको गतिशील एवम् प्रभावकारी संयन्त्र मानिन्छ ।
वि.सं. २०३३ मा सेक्युरिटी खरिद बिक्री केन्द्रको स्थापना भई नेपालमा धितोपत्र बजारको संस्थागत विकासको औपचारिक शुरूवात भई वि.सं. २०५० देखि बजार पूर्वाधार र बजार नियमनको छुट्टाछुट्टै स्पष्ट व्यवस्था सहित संगठितरूपमा धितोपत्र बजारको विकास विस्तार कार्यलाई अगाडि बढाइएको भए तापनि हाल विभिन्न बजार पूर्वाधार तथा कानूनी व्यवस्थाहरूको न्यूनतम व्यवस्था भएकोमा यसलाई विश्व परिवेशको नियमन तथा सुपरिवेक्षण व्यवस्था, बजार पूर्वाधारहरूको व्यवस्था, औजारहरूको व्यवस्था, लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि, बजारमा आधुनिक सूचना प्रविधिको प्रयोग, बजारको अन्तर्राष्ट्रिय आवद्धता, नियमनको सुदृढ एवम् प्रभावकारी व्यवस्था आदिको सन्दर्भमा हेर्दा नेपालको धितोपत्र बजार हालसम्म पनि विकासको पूर्वउदीयमानको चरणमा नै रहेको देखिन्छ ।
२. धितोपत्र बजारको वर्तमान अवस्था
बैशाख ९, २०८० सम्ममा धितोपत्रको प्राथमिक निष्काशनमा आस्वा तथा सि–आस्वा प्रणालीको प्रयोग भई कूल ५६ बैङ्क वित्तीय संस्थामार्फत् देशको सम्पूर्ण ७७ जिल्लाका ७३९ स्थानीय तहमा प्राथमिक बजारको पहुँच अभिबृद्धि भएको छ भने धितोपत्रको दोस्रो बजारमा सेवा प्रदान गर्ने धितोपत्र दलाल व्यवसायीको काठमाडौं उपत्यकामा ५० वटा मुख्य कार्यालय तथा काठमाडौं उपत्यका बाहिर ४४ जिल्लाको ९५ स्थानमा शाखा विस्तार र काठमाडौं उपत्यकामा मर्चेण्ट बैङ्करको कूल सङ्ख्या ३१ तथा उपत्यका बाहिर नौं शाखाहरू सञ्चालनमा आई धितोपत्र व्यवसाय सेवा देशव्यापी हुदै गएको छ ।
साथै, देशमा एक स्टक एक्सचेञ्ज तथा सोमा सूचीकृत हुने कम्पनीहरूको कूल सङ्ख्या २४९ रहेको छ भने एक धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक तथा यस अन्तर्गत निक्षेप सदस्यको सङ्ख्या ८३ रहेको छ । धितोपत्र बजारका अन्य पूर्वाधारहरूमा १९ सामूहिक लगानी कोष प्रबन्धक, तीन शाख मूल्याड्ढन संस्था, एक धितोपत्र व्यापारी, नौ प्राइभेट इक्यूटी तथा भेञ्चर फण्ड प्रबन्धक र धितोपत्रको प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रको स्वतन्त्र मूल्य निर्धारण व्यवस्थाका लागि १३१ योग्य संस्थागत लगानीकर्ता समेत गरी नेपालमा धितोपत्र बजार सम्बन्धी ६३४ कम्पनी तथा सेवा प्रदायकहरूको उपस्थिति रहेको छ । धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक संस्था सिडिएस एण्ड क्लियरिङ्ग लि.मा कूल ४२ सामूहिक लगानी योजना, कूल ७१ सरकारी तथा संस्थागत ऋणपत्र, कूल ५१ राफसाफ सदस्य, कूल ४२ सेयर रजिष्ट्रार एवम् ट्रान्सफर एजेन्ट दर्ता हुनुका साथै उक्त संस्थामा कूल ५६,४१,५५७ डी–म्याट एकाउन्ट, कूल ४७,१८,१४७ मेरो सेयर प्रयोगकर्ता तथा डी–म्याट भएको कूल सेयर सङ्ख्या १०,०२,७१,७२,२९० रहेको छ ।
पछिल्लो पाँच वर्षमा धितोपत्र बजारको प्रवृत्ति हेर्दा आर्थिक वर्ष २०७७/७८ मा पब्लिक लिमिटेड कम्पनीहरूले बोर्डबाट सबैभन्दा बढी रू.१ खर्ब ८ अर्ब ७४ करोड तथा आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा कम रू.३३ अर्ब ६५ करोड रकम बराबरको धितोपत्र सार्वजनिक निष्काशन गरी पूँजी परिचालन गर्न अनुमति प्राप्त गरेको देखिन्छ । त्यस्तै, धितोपत्रको कारोवार मूल्य तथा बजार पूँजीकरण (बजार मूल्य) हेर्दा पछिल्लो पाँच वर्ष अवधिको आर्थिक वर्ष २०७७/७८ मा सवैभन्दा बढी धितोपत्र कारोवार मूल्य तथा बजार पूँजीकरण क्रमशः रू.१४ खर्ब ५४ अर्ब ४४ करोड तथा रू.४० खर्ब १० अर्ब ९६ करोड र आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा कम कारोवार मूल्य तथा बजार पूँजीकरण क्रमशः रू.१ अर्ब १० अर्ब ७ करोड तथा रू.१४ खर्ब ३५ अर्ब १४ करोड कायम भएको देखिन्छ । त्यस्तै, पछिल्लो पाँच वर्षको अवधिको आर्थिक वर्ष २०७७÷७८ मा सवैभन्दा बढी २८८३.४१ बिन्दू बजार परिसूचक (नेप्से) कायम भएको थियो भने आर्थिक वर्ष २०७४÷७५ मा सवैभन्दा कम बजार परिसूचक १२१२.३६ बिन्दू भएको थियो । यसरी बजारका मुख्य सूचकाड्ढहरूको विगत पाँच वर्षको प्रवृत्तिको तुलनात्मक विश्लेषण गर्दा धितोपत्र बजार निकै उतारचढावयुक्त रहेको स्पष्ट हुन्छ । बजारको अस्वभाविक उतारचढावको बाबजू्रद धितोपत्र बजारबाट विगत पाँच वर्षमा वार्षिक औषत रू.५९ अर्ब ११ करोड रकम सार्वजनिक निष्काशन मार्फत् पूँजी परिचालन अनुमति, रू.६ खर्ब ७ अर्ब ६० करोड ८३ लाख रकमको धितोपत्रको दोस्रो बजार कारोवार हुनुका साथै धितोपत्र बजारबाट नेपाल सरकारलाई पूँजीगत लाभकर वापत वार्षिक औषत् रू.५ अर्ब ८० करोड राजस्व योगदान भएको देखिन्छ ।
३. धितोपत्र बजारको सुधार तथा विकासका मुद्दाहरू
धितोपत्र बजारको आकार तथा बजार सहभागितामा भएको बृद्धि अनुसार बजार सहभागी तथा लगानीकर्ताहरूको बजार पूर्वाधारको व्यवस्था, सुशासन अभ्यासमा सुधार र लगानी औजार तथा सेवा प्रवाहको क्षेत्र विस्तारको अपेक्षा समेत बढ्दै गएको देखिए तापनि सोही अनुसार बजारमा सुधार तथा विकास भएको देखिंदैन । बजारमा हालसम्म पनि अन्तर्राष्ट्रियस्तरको धितोपत्र कारोवार प्रणाली, राफसाफ तथा फछ्र्यौट प्रणाली, स्वचालित एकीकृत बजार सुपरिवेक्षण प्रणाली, अक्सन मार्केट, सेक्यूरिटिज् लेन्डिङ्ग एण्ड वरोइङ्गको व्यवस्था, धितोपत्र कारोवार राफसाफ सुनिश्चितता कोष, इन्डेक्स फण्ड, स्वचालित ओ.टि.सी. बजार, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि, साना तथा मझौला कम्पनीहरूको सेयर कारोवार गर्नका लागि आवश्यक एसएमईज् प्ल्याटर्फम जस्ता आवश्यक न्यूनतम बजार पूर्वाधारहरूको व्यवस्था नहुनुका साथै बजारमा सुदृढ कानुनी पूर्वाधार तथा कानुन प्रवलीकरणको सुदृढ व्यवस्था समेत हुन नसकिरहेको अवस्था छ ।
देशमा वित्तीय क्षेत्र तथा यसमार्फत् परिचालित सम्पत्तिहरूको आकारमा दुर्त गतिमा बृद्धि हुदै गई हाल देशको कूल गार्हस्थ उत्पादनको तुलनामा वित्तीय सम्पत्ति करिब दुईगुणा भइसकेको भए तापनि सोही अनुसार देशमा उत्पादनशीन गतिविधिहरूमा बृद्धि भई देशको अर्थतन्त्रको समेत विकास हुनुपर्नेमा सो हुन नसकिरहेको अवस्था छ । वित्तीय क्षेत्रमार्फत् परिचालित पूँजीको लगानी उत्पादनशील क्षेत्रमा अपेक्षितरूपमा नभैरहेको, सहज, उच्च तथा शिघ्र प्रतिफल प्राप्तीका लागि गैर उत्पादनमूलक क्षेत्रमा ठूलो परिमाणमा पूँजी परिचालन भई देश दिन प्रतिदिन उपभोगमुखी अर्थतन्त्र अर्थात् अधिकाङ्श वस्तु तथा सेवामा परनिर्भर अर्थतन्त्रको रूपमा विकसित हुदैँ गएको देखिन्छ । धितोपत्र बजारमा बास्तविक क्षेत्रको उपस्थिति न्यूनमात्रामा हुंदा धितोपत्रको दोस्रो बजार परिसूचकले देशको समग्र अर्थतन्त्रको मापनयन्त्र रूपमा काम गर्न सहिरहेको छैन । देशको बैङ्किङ्ग क्षेत्रमा तरलता तथा ब्याजदर निकै उतारचढावयुक्त हुने गरेको घद्ध छ भने धितोपत्र बजारमा समेत बजार परिसूचक, दोस्रो बजार कारोवार रकम तथा बजार पूँजीकरण अत्यन्त उतारचढावयुक्त हुने गरेको देखिन्छ । यसले गर्दा देशको समग्र वित्तीय क्षेत्रको स्थिरता तथा दीगो विकासमा समेत समस्या उत्पन्न हुनसक्ने र देशमा समय समयमा आउन सक्ने स्वास्थ्य सङ्कट तथा आर्थिक सङ्कटमा वित्तीय क्षेत्र सङ्कटपूर्ण हुनसक्ने संभावना समेत बढ्दै जाने देखिन्छ । यस परिप्रेक्ष्यमा नेपालको धितोपत्र बजारको सुधार तथा विकासका मुद्दाहरू देहाय बमोजिमका बुँदाहरूमा संक्षेपमा चर्चा गरिएको छ ।
क) बजार तथा नियमन संरचना सम्बन्धी व्यवस्थाहरूमा सुधार
वि.सं. २०७२ को नेपालको संविधानको व्यवस्था बमोजिम नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा परिभाषित भएको र सोही अनुसार सङ्घीय गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय भई नेपालमा हाल सात प्रदेश तथा ७५३ स्थानीय तहको संरचना र वित्तीय सङ्घीयता कार्यान्वयनमा आइसकेकोले विकसित परिवेश अनुसार धितोपत्र बजारको विकास तथा विस्तार गर्नुपर्ने भएको छ । यसका लागि मुख्यरूपमा धितोपत्र बजार तथा नियमनको संजाल देशका सवै प्रदेश एवम् स्थानीय तहमा पु¥याई धितोपत्र बजार तथा नियमन सेवाको पहुँच बृद्धि गर्नुपर्ने हुन्छ ।
लागत, लगानी, बजार तथा प्रतिफलको दृष्ट्रिकोणबाट हेर्दा धितोपत्र बजारको पहुँच सवै स्थानीय तहमा अपेक्षा अनुसार पु¥याउन सम्बन्धित सबैको विशेष पहल तथा सक्रियताको आवश्यकता पर्दछ । बदलिंदो परिवेश अनुसार धितोपत्र बजारको नियमन र सरकारको धितोपत्र बजार सम्बन्धी नीति तथा प्राथमिकता र नेपाल धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रममा सवै प्रदेशको चासो तथा सम्लग्नता बढाई देशको संघीय संरचना अनुसार उपयुक्त नियमन तथा नीतिहरू लागू गर्ने कार्य र बोर्डको प्रादेशिक संरचना तयार गर्ने कार्य क्रमशः अगाडि बढाउनुपर्ने अवस्था रहेको छ ।
धितोपत्र बजारमा विगतदेखिनै विभिन्न संरचनात्मक तथा पूर्वाधार सम्बन्धी कमी कमजोरीहरू रही बजारको प्रभावकारी नियमन तथा संचालन नभैरहेको सन्दर्भमा त्यसमा सुधारका लागि आवश्यक सकृयता बढाउने कार्यमा विशेष प्राथमिकता दिनुपर्ने देखिन्छ । धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐनमा भएको संरचनात्मक कमीकमजोरीका कारण बोर्ड संरचनामा हालसम्म पनि नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रतिनिधित्व हुँदा व्यावसाय तथा नियमन जिम्मेवारीबीच हित बाझिने कार्य हुन गई बोर्डको बजार नियमन कार्य प्रभावकारी हुन सकिरहेको छै्रन । बोर्डको नियमनलाई सुदृढ बनाउन धितोपत्र सम्बन्धी ऐन, २०६३ मा बोर्ड सम्बन्धी व्यवस्थाहरूमा संशोधन वा नयाँ ऐनको व्यवस्था गरी बोर्ड संगठनबाटै कार्यकारी तहको प्रतिनिधित्व बढाई बोर्ड संरचना (संचालक समिति) लाई थप व्यवसायिक बनाउन आवश्यक छ ।
त्यस्तै धितोपत्र सम्बन्धी ऐन, २०६३ मा धितोपत्र बोर्डको नियमन तथा नियमन क्षमता अभिबृद्धि सम्बन्धी स्वायत्तता सम्बन्धी स्पष्ट व्यवस्था तथा प्रभावकारी नियमनका लागि आवश्यक अधिकार सम्बन्धी व्यवस्थाहरूको अभाव हुँदा बजारमा गलत गतिविधि गर्ने बजार सहभागी तथा लगानीकर्ताको वैकिङ्ग अभिलेखमा बोर्डको पहुँच हुने तथा बोर्डले बजार प्रशिक्षण संस्था स्थापना गर्न सक्ने देखिदैन् । त्यस्तै, अन्तर्राष्ट्रिय धितोपत्र कारोवारका लागि बजार खुला गर्ने, बजार गतिविधिहरूको अनुसन्धान तथा तहकीकात गर्ने सम्बन्धमा बजार सम्बन्धी जानकारी तथा तथ्याड्ढ सम्बन्धित विदेशी नियमन निकायलाई उपलब्ध गराउन सक्ने सम्बन्धमा समेत धितोपत्र सम्बन्धी ऐनमा स्पष्ट व्यवस्थाहरू नहुँदा बोर्डलाई आफ्नो तथा बजारको स्तर अभिबृद्धि गरी अन्तर्राष्ट्रिय आवद्धता बढाउनमा समेत कठिनाई परिरहेको अवस्था रहेको छ । बजार पूर्वाधार नेपाल स्टक एक्सचेञ्ज तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा हालसम्म पनि सम्बन्धित ऐन नियमको व्यवस्था विपरित सरकार तथा बजारको स्वामित्व तथा व्यवस्थापन कायमै रहेको छ । यस्ता संरचनात्मक कमी कमजोरीहरूको कारणले सम्बन्धित संस्थाहरूको सुशासन अभ्यास तथा व्यवसायिकतामा अपेक्षित सुधार नहुनुका साथै नियमन प्रभावकारिता समेत बढ्न नसक्दा देशको धितोपत्र बजार सुदृढ तथा सशक्तरूपमा विकसित हुन र लगानीकर्ताहरूको बजारमा मनोवल बढ्न सकिरहेको छैन । यसमा सुधारका लागि धितोपत्र बजारमा तत्काल छिमेका देश तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप नियमन निकाय तथा बजार सम्बन्धी छुट्टाछुट्टै ऐन नेपाल धितोपत्र बोर्ड सम्बन्धी ऐन र धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी ऐन तर्जुमा गरी लागू गर्नुपर्ने देखिन्छ । त्यस्तै, अन्य आवश्यक नियमावलीहरूको अतिरिक्त धितोपत्रको भित्री कारोवारलाई निरूत्साहित गर्न तथा यस्ता कारोवारलाई कानूनी दायरामा ल्याउन भित्री कारोवारमा बन्देज नियमावली तर्जुमा गरी लागू गर्नुपर्ने देखिन्छ ।
ख) नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि
नेपाल राष्ट्र बैङ्क ऐनले नेपाल राष्ट्र बैङ्कलाई स्वायत्तरूपमा संचालन तथा वित्तीय संस्थाहरूको नियमनका लागि आवश्यक सुदृढ व्यवस्थामार्फत् पर्याप्त अधिकार प्रदान गरेकाले बैङ्क तथा वित्तीय संस्थाहरूको नियमन प्रभावकारी हुन सकेको छ । नेपालको वित्तीय क्षेत्रका अन्य नियमन निकाय नेपाल राष्ट्र बैङ्क तथा बीमा प्राधिकरण सम्बन्धी ऐनहरूमा जस्तै धितोपत्र सम्बन्धी ऐनमा नियमन निकायलाई स्वयत्तरूपमा संचालन तथा नियमनका लागि सुदृढ एवम् स्पष्ट व्यवस्थाहरू नहुंदा वित्तीय क्षेत्रका अन्य नियमन निकायहरू जस्तै बोर्ड स्वयत्तरूपमा संचालन हुन नसक्नुका साथै नियमन कार्य समेत प्रभावकारी हुन सकेको देखिदैन । धितोपत्र बजार तथा बीमा सेवा सम्बन्धी सुदृढ नियमन व्यवस्थाहरू समावेश भएका नयाँ ऐनहरूको यथाशिघ्र तर्जुमा तथा विधायन प्रकृया पूरा गरी कार्यान्वयनमा ल्याउन आवश्यक देखिन्छ । यसबाट सम्बन्धित नियमन निकायहरूमा योग्य एवम् दक्ष कर्मचारीहरूको व्यवस्था गर्न तथा
कर्मचारीहरूको सेवालाई दीर्घकालीन बनाउन आवश्यक वित्तीय सुविधाहरूको समेत व्यवस्था गर्न सहज हुने र नियमन निकायहरूलाई प¥याप्त अधिकार प्राप्त हुँदा बजारमा गलत तथा अस्वच्छ गतिविधिहरू गर्ने तथा नियमन व्यवस्थाहरूको परिपालना नगर्ने पक्षहरूलाई नियमन निकायले आवश्यक कारबाही गर्ने कार्य अगाडि बढाई निरूत्साहित गर्न समेत सहज हुनेछ । साथै, बोर्डमा प¥याप्त सूचना प्रविधि पूर्वाधारहरूको व्यवस्था गरी बोर्डका गतिविधिहरूलाई स्वचालित बनाउने तथा बोर्डमा एकीकृत स्वचालित बजार सुपरिवेक्षण प्रणालीको व्यवस्था गरी बोर्डको संचालन, बजार नियमन तथा सुपरिवेक्षण क्षमता अभिबृद्धि गर्न आवश्यक देखिन्छ ।
ग) बजार पूर्वाधार सम्बन्धी व्यवस्थाहरूमा सुधार
नेपाल स्टक एक्सचेञ्ज लि. को विद्युतीय कारोवार प्रणालीलाई अन्तर्राष्ट्रियस्तरका क्तयअप भ्हअजबलनभ हरूको सिस्टमको संपरीक्षण गरेको विज्ञ संस्थाबाट प्रणाली संपरीक्षण तथा सुरक्षा संपरीक्षण गराउने र अन्तर्राष्ट्रियस्तर निर्धारण संस्थाको प्रमाणपत्र प्राप्त गर्ने कार्य गरी कारोवार प्रणालीलाई बनाउन आवश्यक आवश्यक छ । साथै, सिडिएससीले ऋणपत्र कारोवारको राफसाफ तथा फछ्र्यौटको लागि उच्च स्तरको आधुनिक राफसाफ तथा फछ्र्यौट प्रणाली खरिद वा विकास गरी सूचिकृत ऋणपत्रको स्वचालित कारोवारको राफसाफ तथा फछ्र्यौट कार्य हुने व्यवस्था गर्न आवश्यक छ ।
सिडिएससीको राफसाफ तथा फछ्र्र्यौट प्रणालीमा उल्लिखित सुधार गरिएमा सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको एकीकृत स्वचालित दोस्रो बजार कारोवार हुने वातावरण समेत बन्नेछ । सक्रिय ऋणपत्र बजारका कारण दीर्घकालिन ब्याजदर संरचना या निर्माण भई भावी व्याजदर पूर्वानुमान गर्न सहज हुने, ऋणपत्रमा लगानी गर्ने वा नगर्ने निर्णय लिन तथा ऋणपत्र निष्काशनमार्फत् पूँजी संकलन सम्बन्धी निर्णय लिन सहज हुने र यसबाट धितोपत्र बजारमा स्थायित्व आउन तथा विश्वसनीयता अभिबृद्धि हुनमा सहयोग पुग्नेछ । सूचीकरणको योग्यता नपुगेका, नयाँ तथा साना पब्लिक कम्पनीहरूको धितोपत्र कारोवार र ऋणपत्रको समेत सर्वसुलभ कारोवारको लागि अन्तर्राष्ट्रियस्तरको छुट्टै एक स्वचालित ओ टि सी बजार कारोवार प्रणाली स्थापना तथा विकास गर्न आवश्यक देखिन्छ ।
बजार सम्बन्धी अध्ययन÷अनुसन्धान कार्यलाई प्रोत्साहित गरी बजार सम्बन्धी नीति तथा कार्यक्रमलाई परिष्कृत गरी बजार तथा नियमन सुधार कार्यलाई गतिशिल बनाउन धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सम्पूर्ण तथ्याड्ढहरूको केद्रीयरूपमा व्यवस्थापन गर्न धितोपत्र बजार तथा वस्तु निमयसम्बन्धी केद्रीय तथ्याड्ढ बैङ्क स्थापना गरी बजारसम्बन्ँधी तथ्याड्ढहरूको उच्च व्यवस्थापन कार्य गर्न आवश्यक छ ।
धितोपत्रको दोस्रो बजार कारोवारका लागि प्थ्ऋ को व्यवस्था अनिवार्य हुने तर यसको केद्रीय व्यवस्था नहुंदा प्रत्येक व्यावसायीसंग कारोवार गर्दा प्रत्येक पटक छुट्टाछुट्टै KYC सम्बन्धी आवश्यकता पूरा गर्नुपर्दा KYC सम्बन्धी कानुनी व्यवस्था पूरा गर्ने कार्य खर्चिलो एवम् अव्यवहारिक हुनुको साथै KYC को दक्ष एवम् प्रभावकारी व्यवस्थापन समेत हुन नसकेकोले धितोपत्र बजार गतिविधिहरूमा दक्षता एवम् प्रभावकारिता बढाउनका लागि समेत केन्द्रीय स्तरको KYC व्यवस्थापन प्रणालीको व्यवस्था गर्न स्थापनाका लागि आवश्यक व्यवस्था गरी स्थापना गर्न/गराउन आवश्यक देखिन्छ । धितोपत्रको दोस्रो बजारलाई थप गतिशिल बनाउन एंवं धितोपत्र कारोवार पश्चात हुने राफसाफ तथा फछ्र्यौटमा यदाकदा कुनै प्राविधिक कारणहरूले सेयरको कमी वेशी हुँदा सोको उपयुक्त व्यवस्थापन गर्न Auction marke को व्यवस्था गर्न समेत आवश्यक देखिन्छ । यसले गर्दा कहिलेकाही बिक्रीकर्ताले धितोपत्र दिन नसक्दा सम्बन्धित धितोपत्र दलाल व्यवसायी Close ou मा परी व्यवसायी निरूत्साहित हुनु परिरहेको हालको अवस्थामा समेत सुधार आई बजार थप प्रतिस्पर्धी हुनमा समेत सहयोग पुग्नेछ ।
(घ) बजार औजारहरूमा विविधिकरण र व्यवसायीको कार्य क्षेत्र विस्तार
धितोपत्र बजारको सङ्गठित विकास तथा स्पष्ट नियमनको शुरूवात भएको ३० वर्ष भईसक्दा पनि इक्विटी डेरिभेटिभ्स् बजारको शुरूवात हुन नसकेका कारण धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरूले जोखिम व्यवस्थापन गर्नका लागि इक्विटी डेरिभेटिभ्स् कारोवारको सुविधा प्राप्त गर्न सकेका छैनन भने बजारले डेरिभेटिभ्स् औजारको कारोवारबाट प्राप्त गर्नसक्ने गतिशीलता प्राप्त गर्न सकेको छैन । धितोपत्र औजारहरूमा विविधिकरण ल्याई जोखिमप्रति विभिन्न धारणा राख्ने लगानीकर्ताहरूका लागि धितोपत्र बजार आकर्षक बनाउनका लागि हाललाई Equity index, Trading of rights, Exchange traded funds-ETF, Mutual funds linked private retirement scheme, Convertible debenture, Convertible preferred stock, Securities lending and borrowing, Intraday transaction, Share buyback आदिको व्यवस्था गरी धितोपत्र बजार औजारहरूमा विविधिकरण ल्याउने र धितोपत्र व्यवसायीहरूको कार्यक्षेत्र तथा धितोपत्र बजार विस्तार गर्न आवश्यक छ । बजार औजारहरूमा विविधिकरण ल्याउने क्रममा सर्वप्रथम उच्च तरलता र कम जोखिम वा कम उतारचढाव हुने सेयरहरूको एउट छुट्टै इन्डेक्स गणना गरी त्यसलाई आधार बनाएर भ्त्रगष्तथ ष्लमभह औजार तयार गरी संचालनमा ल्याउन सकिन्छ । यसले बजारमा लगानीकर्ताहरूलाई जोखिम प्रतिको चाहाना एवम् जोखिम बहन गर्ने क्षमता अनुसार उपयुक्त पोर्टफोलियो व्यवस्थापन गरी लगानीलाई विविधिकरण मार्फत् जोखिमलाई घटाउने एवं प्रतिफल बढाउने अवसर उपलब्ध हुनेछ । मर्चेण्ट बैंकिङ्ग व्यवसायबाट लगानी व्यवस्थापन Portfolio management अलग गरी उक्त सेवालाई धितोपत्र दलाल व्यवसायी सेवामा समावेश गर्ने र धितोपत्र दलाल व्यावसायीलाई धितोपत्र व्यापारी सेवा समेत दिन सक्ने व्यवस्था गरी धितोपत्र दलाल व्यवसायी सेवाको कार्यक्षेत्र विस्तार गर्न आवश्यक देखिन्छ ।
ङ) धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरू तथा संस्थागत लगानीकर्ताको प्रवेश तथा बजारमा स्थायित्व धितोपत्र बजारमा निष्काशन कर्ता तथा सूचिकृत कम्पनीहरूमा हालसम्म पनि बैङ्क तथा वित्तीय संस्थाहरूको बाहुल्यता रहेको छ । विद्युत क्षेत्र बाहेक अन्य उत्पादन तथा सेवा क्षेत्रका अधिकाङ्श कम्पनीहरू हालसम्म धितोपत्र बजार मार्फत् पूँजी परिचालन गर्ने तथा धितोपत्र सूचीकरण गराउने काममा उदासिन रहेको देखिन्छ । यसले गर्दा धितोपत्र बजार परिसूचकले देशको अर्थतन्त्रका सवै क्षेत्रको यर्थार्थ प्रतिनिधित्व गर्न अर्थात् धितोपत्रको बजार परिसूचकले देशको अर्थतन्त्रको मापन यन्त्र (भ्अयलयmष्अ द्यबचयmभतभच) को रूपमा कार्य गर्न सकिरहेको छ्रैन । यसर्थ बैङ्क तथा वित्तीय क्षेत्र बाहेक अन्य क्षेत्र अर्थात् वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा आकर्षित गर्न सरल एवम् सुदृढ नियमन व्यवस्था तथा कर छुट लगायतका वित्तीय प्रोत्साहनको व्यवस्था समेत गर्न आवश्यक छ । त्यस्तै, धितोपत्रको सार्वजनिक निष्काशनमा बुक बिल्डिङ्ग विधि मार्फत स्वतन्त्र मूल्य निर्धारण प्रकृयालाई विश्वसनीय बनाई यसलाई प्रभावकारीरूपमा लागू गर्न सकिएमा डाबर नेपाल, एसियन पेन्टस्, सूर्य नेपाल, एनसेल जस्ता कम्पनीहरूले धितोपत्रको सार्वजनिक निष्काशन गरी पूँजी परिचालन गर्ने वातावरण बन्ने देखिन्छ । धितोपत्रको स्वतन्त्र संस्थागत लगानीकर्ताहरूको प्रवेश नगन्यरूपमा हुंदा धितोपत्र बजारमा धितोपत्रको मूल्य तथा कारोवार परिमाण लगायत विधिन्न किसिमको अस्थिरता बढ्दै गएको छ । यसमा सुधार ल्याउन सझौतित बचत परिचालन गर्ने कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा बीमा कम्पनीहरूको धितोपत्र बजारमा लगानी बढाउन बजारमा आवश्यक सुधार गरी विश्वसनीय बढाउन आवश्यक देखिन्छ ।
(च) लगानीकर्ताहरूको गुनासो समाधानको सुदृढ व्यवस्था
लगानीकर्ताहरूको सहभागीता तथा विश्वास विनाको धितोपत्र बजार प्रतिस्पर्धी एवम् दीगो हुन सक्दैन । धितोपत्र बजार नियमनको प्रमुख उद्देश्यनै लगानीकर्ताहरूको हक हितको रक्षा गर्नु भएको सन्दर्भमा लगानीकर्ताहरूको गुनासो समाधानको चुस्त दुरूस्त व्यवस्था हुन आवश्यक हुन्छ । लगानीकर्ताहरूको गुनासो समाधानको हालको व्यवस्था तथा अभ्यास अपेक्षितरूपमा चुस्त दुरूस्त भएको देखिदैन । यसमा सुधारका लागि धितोपत्र व्यवसाय सेवासम्बन्धी गुनासो समाधानको सुदृढ व्यवस्था गर्न सूचिकृत कम्पनी सम्बन्धी गुनासो सूचिकृत कम्पनीलाई, धितोपत्र व्यवसाय सम्बन्धी गुनासो धितोपत्र व्यवसायीहरूलाई, सामूहिक लगानी योजना तथा शाख मूल्याड्ढन सम्बन्धी गुनासा क्रमशः सामूहिक लगानी योजना तथा शाख मूल्याड्ढन संस्थालाई, धितोपत्र कारोवार सम्बन्धी गुनासो समाधानका लागि स्टक एक्सचेञ्ज र कारोवार पश्चात्को राफसाफ तथा फछ्रर्यौट सम्बन्धी गुनासो समाधानका लागि सिडिएस एण्ड क्लियरिङ्ग कम्पनी लिमिटेड (सिडिएससी) लाई ठोस निर्देशन दिनुका साथै नियमनसम्बन्धी गुनासो समाधान तथा बजारका अन्य पक्षहरूबाट समाधान नभएका गुनासाहरू समाधानका लागि समाधान नभएको वा नगरेको प्रमाण सहित बोर्डमा गुनासा राख्न सकिने व्यवस्था गर्न आवश्यक देखिन्छ । बोर्डमा गुनासो समाधानको सुदृढ व्यवस्था गर्न आवश्यक (SEBON complaints redress system -SCORES)विकास गरी संचालनमा ल्याउने र बोर्डबाट सर्वसाधारण लगानीकर्ताहरूलाई गुनासाहरू व्यवस्थित एवम् उपयुक्त तरिकाले राख्ने सम्बन्धमा आवश्यक सचेतना समेत अभिबृद्धि गर्न आवश्यक देखिन्छ ।
(छ) सुधार तथा विकासका अन्य मुद्दाहरू
नेपालको धितोपत्र बजारमा सुधार ल्याउनका लागि गर्नुपर्ने अन्य सुधारहरूमा लगानीकर्ता शिक्षा तथा व्यावसायिकता अभिबृद्धिका लागि एक छुट्टै तथा विशिष्ट संस्थागत व्यवस्था गर्नुपर्ने, बजारसम्बन्धी सूचना प्रवाहमा सुधार ल्याई बजारको विश्वसनीयता अभिबृद्धि गर्नुपर्ने, भित्री सूचनाका आधारमा हुने कारोवारको सुपरिवेक्षण गरी यस्ता कारोवार विरूद्ध कानून प्रवलीकरण गर्नुपर्ने, नियमन निकाय तथा बजार संचालकको आन्तरिक सुशासनमा सुधार ल्याउनुपर्ने, बोर्डको सूचना प्रविधि नीति, २०७६ मा गरिएका व्यवस्थाहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने, धितोपत्र बजारमा Nepal Financial Reporting Standards (NFRS) प्रभावकारीरूपमा लागू गर्नुपर्ने, धितोपत्र बजारमा लगानी गर्ने कम्पनीहरूलाई बोर्डको नियमनको दायरामा ल्याउनुपर्ने, धितोपत्र बजार नियमन निकायको नियमन हैशियत अभिबृद्धि गर्नका लागि यसको आयमा कर लाग्ने व्यवस्थामा सुधार ल्याउनुपर्ने, नियमन निकायको आफ्नै कार्यालय भवनको निर्माण तथा व्यवस्था गर्नुपर्ने, नियमन निकाय नेपाल धितोपत्र बोर्डले International Organisation of Securities Commissions-IOSCO को साधारण सदस्यता लिई धितोपत्र बजार तथा नियमन निकायको अन्तर्राष्ट्रिय आवद्धता बढाउनुपर्ने, बोर्डमा सूचिकृत कम्पनी तथा व्यवसायीबाट पेश हुने वित्तीय विवरणहरूको पुनरावलोकन गर्ने व्यवस्था हुनुपर्ने, लगानीकर्ताहरूको हकहित प्रबद्र्धनका लागि लगानीकर्ता संरक्षण कोष स्थापना गर्नुपर्ने जस्ता कार्यहरू गर्नुपर्ने देखिन्छ ।
(अधिकारी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । प्रस्तुत लेख नेपाल बीमा प्राधिकरणले ५५ औ वार्षिकोत्सवको असरमा प्रकाशित समाचार र विचार नामक विशेषाङ्कबाट लिइएको हो ।)