IME Life New

हिम रिभर पावरले आइपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिम रिभर पावर लिमिटेडले प्राथमिक शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्ने उक्त आइपीको लागि निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। विक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी आज रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ ।

कम्पनीले जारी पूँजीको २० प्रतिशतले हुन आउने कुल २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आइपीओ निष्काशन गर्नेछ । जसमध्ये पहिलो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाका स्थानीय वासिन्दाका लागि आइपीओ निष्काशन गर्नेछ। आयोजना प्रभावितका लागि सर्वसाधारणका लागि कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता निष्काशन गर्नेछ ।

Esewa
Crest

त्यस्तै कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आइपीओ विक्री गर्ने जनाएको छ । कम्पनीले सर्वसाधारणलाई १३ करोड ३० लाख रुपैयाँ बराबरको १३ लाख ३० हजार कित्ता बिक्रि गर्ने जनाएको छ ।

हिम रिभर पावर लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा वार्षिक उत्पादन क्षमता ९४.४० गिगावट र जडित क्षमता १६.२६ मेगावाट भएको लिपिङ खोला हाइड्रोपावर परियोजना निर्माण गरिरहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS