काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च इन्चार्जमा सुपरभाइजरका लागि केही, जुनियर अफिसर र अफिसरका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । बैंकले अफिसर लेभलका लागि न्युनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ भने सुपरभाइजर लेभलका लागि न्यूनतम प्लस टु तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी जेठ १७ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने जनाएको छ ।