IME Life New

हिमालयन बैंकको नयाँ शाखा जनकपुरधाममा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हिमालयन बैंकले जनकपुरधाम उपमहानगरपालिका— १, स्टेशनरोडमा नयाँ शाखा कार्यलय संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले गरे ।

कार्यक्रममा बोल्दै, राउतले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले आधुनिक बैंकिङ सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरे ।

Esewa
Crest

बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले उद्यम तथा व्यावसायिक लगानीका लागि धनुषा जिल्लामा राम्रो सम्भावना रहेको धारणा व्यक्त गर्दै बैंककोे साना तथा मझौला उद्यमी कर्जा कार्यक्रमद्वारा आफ्नो व्यवसायलाई बढाउन जिल्लाबासीको क्रियाशील सहयोग र साथको अपेक्षा रहेको विचार व्यक्त गरे ।

बैंकले चालू आवको तेस्रो त्रैयमासको अन्त्यसम्ममा १ खर्ब १२ अर्ब २६ करोड ६२ लाख निक्षेप संकलन गरी कर्जा सापटको रुपमा उत्पादनशील व्यावसायिक तथा आधारभूत क्षेत्रमा ९८ अर्ब ५३ करोड २० लाख लगानी गरेको छ । बैंकले चालू वर्षको ९ महिनामा २ अर्ब ८६ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS