काठमाडौं । नेपाल राष्ट्र बैकले कर्मचारी माग गरेको छ । बैंकले समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन तथा संचालनका लागि दुई जना कर्मचारी माग गरेको हो । बैंकले संयोजक र सदस्य पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन, बैंकिङ, मौन्द्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा लगायतका विषमा स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैकका अनुसार वित्तीय क्षेत्रहरुमा कम्तिमा १० वर्ष काम गरको अनुभव हुनुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले जेठ १७ गतेभित्र आवश्यक कागजात संकलन गरी आवेदन दिनुपर्नेछ ।