IME Life
GBIME

आइपीओ निष्काशन गर्न लागेको आइएमई लाइफको नाफामा ७९% ले वृद्धि हुँदा अधिकांश सुचकहरुमा उत्साहजनक सुधार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ४४ करोड ७३ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २२ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले कम्पनीले २ अर्ब ८९ करोड ४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ३७ करोड ९२ लाख खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २१ प्रतिशतले बढी हो ।

Crest

कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको १ अर्ब ४० करोड चुक्ता पूँजी रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको चुक्ता पूँजी १०० प्रतिशतले बढी हो । यस अवधिसम्ममा कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड ५ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष ८१ प्रतिशतले बढी हो । जीवन बीमा कोषमा ६ अर्ब ७ करोड ७३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जीवन बीमा कोष ४३ प्रतिशतले बढी हो ।

कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८ अर्ब ४ करोड ७१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीको ४ अर्ब ४१ करोड १९ लाख दिर्घकालिन लगानी तथा कर्जा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ८२ प्रतिशतले बढी हो ।

यस त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १० करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ७९ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा कम्पनीले ७९ करोड ३६ लाख ७२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६२ करोड ४० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले बढी दाबी तिरेको छ ।

यस अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८ रुपैयाँ ६९ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ६७ पैसा रहेको छ ।

कम्पनी प्रिमियममा आइपीओ निष्काशन गर्ने अन्तिम तयारीमा रहेको छ । कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सँग अनुमति माग गरेको हो । कम्पनीले एक करोड २० लाख कित्ता शेयर प्रति कित्ता २७६ रुपैयाँमा बिक्री गर्दा प्राथमिक बजारबाट तीन अर्ब ३१ करोड रुपैयाँ संकलन गर्नेछ ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS