Connect IPS
IME Life

८ बीमा कम्पनीले घोषणा गरे नयाँ बोनसदर, कुनका बीमितले कति पाउँछन् बोनस ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७८ /७९ को लागि ८ वटा कम्पनीले नयाँ बोनसदर घोषणा गरेका छन् । हरेक वर्ष कम्पनीको एक्चुरियल भ्यालुएसन पछि घोषणा गरेको बोनसदरले सोहि वर्षमा बीमितले भुक्तानी गरेको प्रिमियमका आधारमा बोनस पाउँछन् । कम्पनीहरुको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणबाट पारित भएसँगै कम्पनीहरुले जारी गरेका विभिन्न किसिमका बीमा योजनाहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७ /७८ को लागि कतिपय कम्पनीहरुले अझै बोनसदर घोषणा गर्न बाँकि हुँदा यी ८ कम्पनीले भने आर्थिक वर्ष २०७८ ७९ को लागि घोषणा गरेका हुन् । आर्थिक वर्ष २०७८ ७९ को लागि बोनसदर घोषणा गर्ने कम्पनीहरुमा आइएमई लाइफ, मेट लाइफ, एशियन लाइफ, नेशनल लाइफ,सन नेपाल लाइफ,सिटिजन लाइफ, साविक सूर्या लाइफ र साविक ज्योति लाइफ इन्स्योरेन्स हुन् ।

Prabhu
Crest

आइएमई लाइफ
कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सावधिक तथा सामुहकि जीवन बीमालेखमा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँ र यसै पोलिसीको ३० वा सोे भन्दा बढिको लागि ७० रुपैयाँ बोनसदर छ ।

सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म र १० देखि १४ वर्ष अवधिसम्मको लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ, २५ देखि २९ वर्षसम्मको लागि ६३ रुपैयाँ र ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैया बोनसदर छ । अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ३५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको लागि ६३ रुपैयाँसम्म बोनसदर छ ।

वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँ बोनसदर छ । त्यस्तै, कम्पनीको वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) को सबै अवधिमा एउटै बोनसदर २० रुपैयाँ छ ।

मेट लाइफ
मेट लाइफले न्यूनतम ४५ देखि अधिकतम ८० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । सावधिक जीवन बीमा कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ८० रुपैयाँ बोनसदर दिनेछ । शिक्षा संरक्षण योजनामा १५ वर्षको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्ष भन्दा बढिको लागि ८० रुपैयाँ बोनसदर कायम गरेको छ । अग्रिम भुक्तानी योजनामा १५ वर्षको लागि ४५ रुपैयाँ, १६ वर्षदेखि २० वर्षको लागि ५५ रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ६५ रुपैयाँ बोनसदर कायम गरेको छ । मेट लाइफमा सबैभन्दा धेरै सावधिक जीवन बीमा पोलिसी तर्फ १६ देखि २० वर्ष अवधिका पोलिसी बिक्री भएको पाइएको छ । यस अवधिको पोलिसी संख्या ४ हजार ७६१ वटा छ ।

एशियन लाइफ
कम्पनीले अधिकतम ७० रुपैयाँ र न्यूनतम ४२ रुपैयाँ बोनसदर कायम गरेको छ । कम्पनीको सावधिक तथा अजाीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । यस योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिमा ७५ रुपैयाँ बोनसदर पाइनेछ ।

सावधिक जीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार न्यूनतम ४५ रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर छ । कम्पनीले यस बीमा योजनामा २५ वा सो भन्दा माथिका बीमा अवधिका लागि ६० रुपैयाँ बोनसदर कायम गरेको छ । यस्तै, कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यनतम ४४ रुपैयाँ र अधिकतम ६० रुपैयाँ, नव रत्न, जीवन संजीवनी, दम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धनलाभ बीमा योजनामा न्यूनतम ४२ रुपैयाँ र अधिकतम ५० रुपैयाँ, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख अन्तर्गत बीमा अवधिअनुसार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँ बोनसदर कायम भएको छ ।

नेशनल लाइफ
सावधिक जीवन बीमा पोलिसीमा ९ वर्ष अवधिसम्मकाले र १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका बीमितले पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका बीमितले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिकाले ८५ रुपैयाँ प्राप्त गर्नेछन् । सावधिक तथा आजीवन बीमालेखमा २० वर्षको पोलिसी लिनेले ६४ रुपैयाँ, २१ देखि २५ वर्षले ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथि अवधिको पोलिसी खरिदकर्ताले ८५ रुपैयाँ बोनसदर पाउनेछन् ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा बीमितले न्युनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्मको बोनसदर प्राप्त गरेका छन् । नेशनल लाइफले बीमितहरुले १९ वर्ष अधिसम्मको बीमा पोलिसी खरिदकर्तालाई प्रतिहजार ६३ रुपैयाँ दिएको छ । २० वर्ष भन्दा माथि अवधिका पोलिसी खरिदकर्ताले प्रतिहजार ६४ रुपैयाँ बोनस दिएको छ ।

सन नेपाल लाइफ
कम्पनीले न्युनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । सनलाइफ सावधिक जीवन बीमालेखमा ९ वर्षसम्म, १० देखि १४ वर्ष अवधिको लागि ३० रुपैयाँ र १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ, र २५ वर्ष वा सो भन्दा बढि अवधिको लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ । भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)मा ९ वर्ष, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वर्षभन्दा माथिका लागि ५० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यस्तै, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) मा १० देखि १४ वर्ष,१५ देखि १९ वर्षको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ । सुनौलो सावधिक जीवन बीमामा १५ देखि १९ वर्ष अवधिको लागि ३० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ५० रुपैयाँ बोनसदर कायम गरेको छ ।

नवीन आजीवन जीवन बीमा (सावाधिक तथा आजीवन) मा ९ वर्ष अवधि, १० देखि १४ वर्षको लागि र १५ देखि १९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि ६० रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथिको लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनमा सबै बीमा अवधि (१५)मा ४२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत) मा १० देखि १४ वर्ष, १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ र २० वर्ष वा सो भन्दा माथिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ । धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमामा १ देखि ९ वर्ष अवधि, १० देखि १४ वर्ष र १५ देखि १९ वर्षको लागि २९ रुपैयाँ तथा २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिटिजन लाइफ
कम्पनीले अग्रिम भुक्तानी (सावधिक रेगुलर जीवन बीमालेख) मा १० देखि १४ वर्षको लागि ४४ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४९ रुपैयाँ,२० देखि २४ वर्षको लागि ५५ रुपैयाँ कायम गरेको छ । सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्षको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्षको लागि र ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६३ रुपैयाँ र ३० वा सोभन्दा माथि अवधिका लागि र ७३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) योजना सावाधिक बीमालेखमा ० देखि ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि प्रति हजार ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४६ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । सिटिजन बाल भविष्य योजना(सावाधिक बीमालेख) मा कम्पनीले १० देखि १४ वर्षको लागि ४२ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ५० रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६५ रुपैयाँ बोनसदर दिने भएको छ । वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार २७ रुपैयाँ, १५ देखि १९ वर्षको लागि २७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि २८ रुपैयाँँसम्म बोनसदर कायम गरेको छ ।

सावधिक तथा आजीवन बीमालेख(सिटिजन सारथी जीवन बीमा योजना) मा ० देखि ९ वर्षको लागि ३७ रुपैयाँ, १० देखि १४ वर्षको लागि ३८ रुपैयाँ,१५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४२ रुपैयाँ र २५ वषदेखि २९ वर्षका लागि ६० रुपैयाँ र ३० वा सोभन्दा माथिका लागि ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

साविक सूर्या लाइफ
कम्पनीले सावधिक बीमालेखमा ९ वर्षको लागि ४० रुपैयाँ, १० देखि १४ वर्षका लागि ४१ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष ४५ रुपैयाँ, २० देखि २४ वर्षका लागि ५४ रुपैयाँ, २५ वर्षदेखि २९ वर्षका लागि ६० रुपैयाँ, ३० वर्ष भन्दा माथिका लागि प्रतिहजार ७० रुपैयाँ बोनसदर कायम गरेको छ । सावधिक तथा आजीवनमा ९ वर्षको लागि ४० रुपैयाँ, १४ वर्षसम्मका लागि ४२ रुपैयाँ, १९ वर्षले ४६ रुपैयाँ, २४ वर्षका लागि ५६ रुपैयाँ, २९ वर्षका लागि ६० रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

अग्रिम भुक्तानी सावधिकमा १९ वर्षको लागि ४२ रुपैयाँ,२० वर्षदेखि २४ वर्ष अवधिको लागि ५२ रुपैयाँ कायम गरेको छ । चौरासी पुजा नियमित भुक्तानीमा १० देखि १४ वर्ष अवधिका बीमितले ४५ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिकाले ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिकाले ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिकाले ६५ रुपैयाँ र ३० वर्ष भन्दा बढि अवधिकाले ७० रुपैयाँ प्राप्त गरेका छन् ।

चौरासी पुजा एकल भुक्तानीमा १० वर्षदेखि १४ वर्ष अवधिका बीमितले ७५ रुपैयाँ, १५ देखि १९ वर्षका बीमितले ८० रुपैयाँ, २० देखि २४ वर्षका बीमितले ८५ रुपैयाँ, २५ देखि २९ वर्षका बीमितले ९० रुपैयाँ र ३० वर्ष भन्दा माथि अवधिकाले ९० रुपैयाँ प्राप्त गरेका छन् ।

साविक ज्योति लाइफ
कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्ष सम्मको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ , १५ देखि १९ वर्षको लागि ५० रुपैयाँ, २० देखि २४ वर्षको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथिको अवधिका लागि ७५ रुपैयाँ बोनसदर कायम गरेको छ ।
सावधिक तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्ष सम्म अवधिको लागि ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक तथा आजीवन बीमालेखमा ७५ रुपैयाँ बोनसदर तोकेको छ ।

अग्रिम भुक्तानी बीमालेखमा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि ४३ रुपैयाँ , १५ देखि १९ वर्ष अवधिको बीमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बीमालेखका लागि ५० रुपैयाँ बोनसदर तोकेको छ । वार्षिक अग्रिम भुक्तानीमा कम्पनीले १० देखि १४ वर्षको लागि २० रुपैयाँ , १५ देखि १९ वर्षको लागि २५ रुपैयाँ, २० देखि २४ वर्षको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीहरुले घोषणा गरेको यस बोनसदर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि उक्त बोनसदर कायम हुने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

0%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS