Connect IPS
IME Life

एशियन लाइफको १५औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको आज १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटल क्लासिक सिमरा, बारामा सम्पन्न भएको कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लख रुपैयाँको ८ दशमलव ५० प्रतिशतले हुन आउने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ४४ प्रतिशतले हुन आउने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

यस्तै सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।लेखापरिक्षकको प्रतिवेदन, सहित असार मसान्तसम्मको हिसाब, नाफा नोक्सान, वासलात लगायतको विषयमा छलफल गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

सभाले लेखा परिक्षकको नियुक्ती र नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव अनुमोदन गरेको छ । बोनश शेयरपछि जारी र चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्ने, कम्पनीको अधिकृत पूँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब कायम गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतको प्रस्ताबहरु पारित गरेको छ । कम्पनीले व्यवसायीक रुपमा भाडामा दिन तथा बिक्री गर्न भवन निर्माण गर्ने सम्बन्धमा प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गर्ने प्रस्ताब परित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS