IME Life New

लुम्बिनी सरकारका मुख्यमन्त्री चौधरीले लिए शपथ, विना विभागीय तीन मन्त्री नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शपथ लिएका छन् । चौधरीलाई प्रदेश प्रमुख अमिक शेरचले शपथ ग्रहण गराएका थिए । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि विना विभागीय तीन मन्त्री नियुक्त भएका छन् ।

नियुक्त हुने तीन मन्त्रीमा माओवादी केन्द्रका धनबहादुर मास्की राना, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे रहेका छन् । विना विभागीय मन्त्रीहरुको नियुक्ति भएसँगै शपथ ग्रहण समेत लिने तयारी रहेको छ ।

Esewa
Crest

मुख्यमन्त्री चौधरीलाई नेपाली काँग्रेसका २७, माओवादीबाट ११, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीबाट ३ जना, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीबाट ३–३ जना, नेकपा एकीकृत समाजवादीका एक जना र स्वतन्त्र एक जना सांसद गरी कुल ५३ जना सांसदको समर्थन रहेकाके छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS