IME Life New

जेठ १४ गतेदेखि हिमाल दोलखा हाइड्रोपावरको आईपीओ आउने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जेठ १४ गतेदेखि हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडले साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । हाइड्रोले १६ करोड रुपैयाँ बराबरको १६ लाख कित्ता साधारण शेयर जारी गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन गर्न लागेको हो ।

पहिलो चरणमा आयोजना प्रभावित इलाम जिल्लाका बासिन्दाहरुको लागि शेयर निष्काशन गरिएको उक्त आईपिओमा आयोजनाबाट अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर ९, १० र माई नगरपालिका वडा नम्बर ९ तथा इलाम जिल्लामा बसोबास गर्ने नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् ।

Crest

आइपिओको निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । । उक्त आईपिओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँदेखि अधिकतम एक लाख कित्ता अर्थात एक करोड कित्तासम्म आवेदन दिन सकिनेछ ।

सि आश्वाको साथै इलाममा शाखा रहेका सिद्धार्थ, नेपाल एसबिआई, माछापुच्छ्रे बैंकको शाखा कार्यालयहरु, लक्ष्मी बैंक चोकबजार, एभरेष्ट बैंक फिक्कल, सेञ्चुरी बैंक भानुपथ, ग्लोबल आईएमई फिक्कल र आयोजना स्थल इलाम नगरपालिका वडा नम्बर ९, १० बाट उक्त आईपिओमा आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्काशन गर्ने आईपिओमा जेठ २८ गतेसम्म आवेदन गर्न सक्नेछन् भने सो समयमा आवश्यक आवेदन नपरेको खण्डमा भने असार १३ गतेसम्म उक्त आईपिओ खुला रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS