Connect IPS
IME Life

बीमा अभिकर्तामाथि ‘विहे पास’ को मजाक, झुट र फटाह पेशाको संज्ञा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैशाख १ गते नयाँ वर्षको अवसर पारेर विभिन्न नेपाली चलचित्र प्रदर्शनमा आए । सोहि चलचित्र मध्ये ‘विहे पास’ ले पनि विभिन्न हल र मल्टिप्लेक्सहरुमा राम्रो प्रदर्शन गरिरहेको छ । विशेषतः चलचित्रका मुख्य पात्रले वैवाहिक जीवनलाई जोगाउन गरेको संघर्ष, उक्त समय अभिकर्ता हुँ भन्दै बोलेको झुटलाई लुकाउन थप झुट बोल्नु परेको र त्यहि झुटले गर्दा सम्बन्ध बिग्रिएको देखाइएको छ ।

चलचित्रको सुरुवातमा मुख्य पात्र दयाहाङ राई (भाग्यराज) र प्रकृति श्रेष्ठ (रञ्जिता) लाई अदालतमा देखाइएको छ । भाग्यराज र रञ्जीताबीचको अन्तरजातिय प्रेमलाई रञ्जीताको परिवारले स्वीकार नगर्दा उनीहरुले अदालती विवाहलाई रोजेका हुन्छन् । भाग्यराजले रञ्जीताको हात माग्न जाँदा आफू बीमा अभिकर्ता भएको बताए पनि रञ्जीताको बुबाले छोरी दिन मान्दैनन् । चलचित्रमा यो दृष्य भने प्रस्तुत गरिएको छैन । विवाह भएको एक वर्षसम्म भाग्यराजले आफूलाई अभिकर्ताकै रुपमा प्रस्तुत गर्छन् । रञ्जीताले भने लोकसेवा पढेर शाखा अधिकृतमा नाम निकाल्छिन् । रञ्जिताको बुबा सरकारी अफिसर हुन्छन् जो प्रमुख भन्सार अधिकृतको पदमा हुन्छन् । भाग्यराजलाई ज्वाँइको रुपमा स्वीकार गर्न कत्ति पनि तयार नभएका उनले भाग्यराजलाई बोर्डरमा दुई नम्बरी धन्दामा संलग्न भएको देख्छन् ।

Prabhu
Crest

खाना खाने फुर्सदसम्म नहुनेगरि दौडधुप गर्ने भाग्यराजलाई नगरपालिकाको कर्मचारीको बीमा उनीबाटै गराउने कुरा गरेपछि रञ्जितासँग रिसाउँछन् । आफू अहिले अभिकर्ता नभई ब्रान्च म्यानेजरको पदमा भएको र बीमा गर्न नमिल्ने बताउँछन् । यत्तिकैमा रञ्जिताले भाग्यराजको झुट पक्रिन्छिन् । यो झुटलाई लुकाउन भाग्यराज फेरी अर्काे झुट बोल्न बाध्य हुन्छन् । आफू बोर्डरको रक्षाका लागि अन्डरकभर सिआइबी भएको बताउँछन् । भाग्यराजको यो झुट भने उनी सजिलै पत्याउँछन् । बुबासँग पनि यहि विषयमा विवाद गर्छिन् र भाग्यराज सिआइबी भएको बताउँछिन् । तर उनको बुबाले सिआइबी नभई बोर्डरमा ठगी धन्दा गर्ने गरेको बताउँछन् । यो पटकको झुटले रञ्जिता र भाग्यराजलाई वारपार बनाउँछ । रञ्जिता आफ्नो बुबासँग माइतमै बस्न जान्छिन् । पटकपटक रञ्जितालाई फकाउँदा पनि नफर्के पनि भाग्यराज लोकसेवाको तयारीमा लाग्छन् । रञ्जिताका बुबाले सरकारी जागिर खाए मात्रै छोरी पठाउने नत्र छोडपत्र दिनुपर्ने प्रस्ताव राखेका हुन्छन् ।

उता तस्करीको गिरोहमा काम गर्दै आएका भाग्यराज लोकसेवाको तयारीमा लागेपछि तस्करीका नाइकेले लोकसेवा आयोगको कर्मचारीसँग तालमेल मिलाउने प्रस्ताव राख्छन् । लोकसेवा पास हुने आशमा भाग्यराजले ठूलो रकममा प्रश्नपत्र खरिद गरि तयारी गर्छन् । तर उनकै साथीहरुले पैसाको लोभमा प्रश्नपत्र अन्यलाई बिक्रि गरेपछि परीक्षा नै रद्ध हुन्छ । भाग्यराजले तस्करी नाइकेसँग पैसा लिएर प्रश्नपत्र खरिद गरेका हुन्छन् । परीक्षा रद्ध भएपछि तस्करी नाइके पटक पटक पैसा माग्न उनी समक्ष पुग्छन् ।

छोरीलाई भाग्यराजबाट अलग गर्ने अठोट गरेका रञ्जिताका बाबुले भाग्यराजको कमजोरी खोज्दै हिडेका हुन्छन् । तस्करी नाइकेसँग मिलेर रञ्जिताका बाबुले भाग्यराजको वास्तविकता रञ्जिता समक्ष प्रस्तुत गर्छन् भने तस्करी नाइकेलाई जेल पुर्याउँछन् । भाग्यराजले गरेको काम थाहा पाएपछि रञ्जिता थप पिडामा पर्छिन् र छोडपत्र गर्न तयार हुन्छिन् । अदालतले छोडपत्रबारे विचार गर्न १ महिनाको समय दिन्छ । भाग्यराज भने रञ्जिताकै कार्यालयमा कार्यालय सहयोगीको जागिर सुरु गर्छन् । भाग्यराजको यो व्यवहारले रञ्जिताको मन पग्लिदै गएको भान हुन्छ । एक महिनापछि पूर्ण रुपमा छोडपत्र गर्न अदालत पुगेका रञ्जिता र भाग्यराज पुनर मिलनमा पुग्छन् ।

यसरी सुयोगान्त कथाम टुङ्गिएको चलचित्रले बीमा अभिकर्तालाई भने फटाह र झुट बोल्ने पेशाको संज्ञा दिन खोजिएको छ । घरपरिवारमा अभिकर्ताको रुपमा देखा पर्ने भाग्यराज अर्कै पेशामा संलग्न भएको देखिन्छ । चोर, फटाह, लुटेराको रुपमा प्रस्तुत भएका भाग्यराजले आफू बीमा गराउँदै हिड्ने अभिकर्ता बताउँदै गर्दा कथामा कहिकतै अभिकर्ताप्रति मजाक गरेको हो कि जस्तो देखिन्छ । समाजमा अभिकर्तालाई दलाली पेशाको रुपमा लिने गरेको छ । बीमितको पैसा कम्पनीसम्म पुर्याउने र त्यसबापत ठूलै मात्रामा कमिसन खाने अभिकर्तालाई फटाह नै हो भन्ने भान हुन जान्छ दर्शकमाझ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%

खुसी

48%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS