काभ्रे जिल्लाका १३ तहका प्राविधिकलाई पशु तथा वाली बीमाबारे अभिकर्ताको तालिम दिइएको छ । पछिल्लो समय बीमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेपछि प्राविधिकहरूलाई नै बीमा अभिकर्ताको तालिम दिइएको स्रोतले जानकारी दिएको छ ।
तीन दिनसम्म चल्ने तालिममा जिल्लाका १३ तहका २६ जना प्राविधिक सहित अन्य सहभागी गरि ३५ जनालाई एकैसाथ तालिम दिइएको छ ।
बीमा समिति र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोगमा उनीहरूलाई सो तालिम दिइएको हो । तालिममा बीमा समितिका प्रतिनिधि रहेका प्रशिक्षक सुजन श्रेष्ठ, बीमा कम्पनीका प्रशिक्षक हुमनाथ तिमल्सिना, मनोहर अधिकारीसहित आधा दर्जन प्रशिक्षकहरूले प्रशिक्षण गर्ने बताइएको छ ।