IME Life New

प्राइम लाइफले डाक्यो विशेष साधारण सभा, यस्ता छन् १२ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख ६ गते विशेष साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा अग्रवाल सेवा केन्द्र कमलपोखरी काठमाडौंमा विहान १०ः३० बजे गर्ने जनाएको छ । कम्पनीको चैत २० गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ एक आपसमा गाभ्ने गाभिने प्रस्ताव पारित गर्नेछ । सभाले यी तीन कम्पनी एक आपसमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जीवन बीमा व्यवासय संचालन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
यी तीन कम्पनी एक आपसमा गाभ्ने गाभिने तथा मर्जर प्रयोजनका लागि मुल्याङकनकर्ता , चार्टर्ड एकाउन्टेन्टद्धारा तयार पारिएको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङकन प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्थाका आधारमा तयार गरिएको शेयर अनुपात १ः१ः१ प्रस्ताव पारित गर्ने जनाएको छ ।

Esewa
Crest

सभामा प्राइम लाइफ यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने गाभिने प्रयोजनको लागि भएको संझौता बमोजिम सो को आवश्यक स्वीकृतीको लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणमा निवेदन गर्न र गाभ्ने गाभिने कार्य संग सम्बन्धित प्रचलित कानुन, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूर्ण आवश्यक कार्यहरु एवं प्रकृयाहरु पुरा गरी अन्तिम स्वीकृती लिने तथा सो सम्बन्धमा नियमनकारी निकायबाट निर्देशन भए बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने, गाभ्ने गाभिने कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्ने लगायतका आवश्यक कार्य गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात गठन हुने संचालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार संचालक समितिलाई दिने तथा गाभिए पश्चात बन्ने कम्पनीको संचालक समितिमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट चयन भई आउनु हुने संचालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको केन्द्रिय कार्यालय जिल्ला काठमाण्डौ काठमाडौं महानगरपालिका वडा नं १, काठमाण्डौमा रहने तथा सोहि बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने जनाएको छ ।

सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको नाम, अधिकृत पूंजी, जारी पूंजी तथा चुक्ता पूंजी बृद्धि हुने हुँदा सोहि मुताविक कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संसोधन गरी अधिकृत पूंजी, जारी पूजी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको संस्थापक तथा सर्वसाधारण शेयरको स्वामित्व समेत फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको दफाहरुमा संसोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभिए पश्चात कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गर्नु पर्ने उपरोक्त संसोधनहरुमा नियमनकारी निकायले कुनै फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव अनुमोदन गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS