काठमाडौं । दुई फाइनान्स कम्पनीहरु पोखरा फाइानान्स र समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । यी कम्पनीहरुले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालय तथा नयाँ शाखा कार्यालका लागि कर्मचारीको माग गरेको जनाएका छन् ।
पोखरा फाइनान्स कम्पनीले केन्द्रिय कार्यालय पोखराको लागि क्रेडिट एण्ड मार्केटिङ अन्तर्गत एसिस्टेन्ट म्यानेजर पदमा १ जना, क्रेटिट एण्ड मार्केटिङ अन्तर्गत असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्यस्तै, समृद्धि फाइनान्सले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि ३ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले बिजनेश अफिसर, क्रेडिट अफिसर र असिस्टेन्ट पदका लागि १ जना कर्मचारी माग गरेको छ । ईच्छुक था योग्यता पुगेका उम्मेदवारले संस्थाको इमेल मार्फत चैत २३ गतेभित्र आवेदन दिनुपर्नेछ ।