IME Life New

पाटन नगरपालिकामा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न, कृषि बीमा सहज गरिदिन कृषि प्राविधिकको आग्रह

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमााडैं । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बीमा सम्बन्धी चेतनामुलक कार्यक्रमहरुका आयोजना गर्दै आइरहेको छ । यस कार्यालयले देशको सुगम ठाउँदेखि दुर्गम ठाउँसम्म गएर बीमा चेतनामुलक कायृक्रमको आयोजना गर्दै आइरहेको छ । यसै सन्दर्भमा प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय धनगढीले बैतडी जिल्लाको पाटन नगरपालिकाको कार्यालयमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

सुदुरपश्चिम प्रदेश धनगढीका कार्यालय प्रमुख ओम बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिहं रावलज्यु, बिशेष अतिथिका रुपमा पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रसाद पाण्डे तथा अतिथिहरुमा वडाध्यक्षहरु, नगरकार्य पालिकाका सदस्यहरु अन्य उपस्थितिहरुमा नगरपालिकाका वडा सदस्यहरु, पशुशाखा प्रमुख, कृषि शाखा प्रमुख, कृषि सहकारीहरुका प्रतिनिधि, स्थानीय अगुवा कृषकहरु लगायत स्थानीयहरूको १०० भन्दा बढी सहभागिता रहेको थियो ।

Crest

उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण सुदुर पश्चिम प्रदेश कार्यालयका सहायक निर्देशक दिपक ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा सहायक निर्देशक प्रेम हरि पोखरेलले बीमा सम्बन्धि प्रस्तुती दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले बीमा को को मार्फत गर्न पाइन्छ, कृषि बीमामा कति प्रतिशत सम्म दावी पाइन्छ, कृषि तथा पशुपन्छी बीमामा नेपाल सरकारले र प्रदेश सरकारले अनुदान दिएको कुरा जानकारी नभएको, कृषि बालीमा बदेलले नोक्सान गरेकोमा दावी पाइन्छ वा पाइदैन, बाख्रा बीमामा बाघले खाएकोमा दावी पाइन्छ वा पाइदैन जस्ता गुनासाहरुगरेका थिए ।

कार्यक्रममा कृषि प्राविधिकले कृषि बीमाको प्रक्रिया झन्झटिलो रहेको हुदा यसलाई सरल र सहज गरिदिन आग्रह गरेका थिए । कार्यक्रममा सहभागीहरूले राखेका गुनासाहरुको जबाफ प्रदेश कार्यालयका प्रमुख ओम बहादुर अधिकारीले दिएका थिए ।

उक्त कार्यक्रममा पाटन नगरपालिकाका नगर प्रमसख गौरी सिहं रावलले नेपाल बीमा प्राधिकरणलाई बीमा सम्बन्धि कार्यक्रम यस नगरपालिकामा ल्याएकोमा धन्यवाद व्यक्त गरेका थिए । यहाँका आम मानिसहरुको बाच्ने आधार भनेको कृषि पेसा नै भएकोले यसलाई बीमामा समेट्नको लागि विभिन्न नीति तथा योजना ल्याउन आफुले सबै जनप्रतिनिधि हरुको सहमति लिएर अगाडी बढ्ने कुरा राखेका थिए ।

सहभागीहरुलाई यस कार्यक्रमबाट बीमा सम्बन्धि जतिपनि जानकारी दिइएको छ ती कुराहरुलाई अरुलाई पनि बुझाइदिन उनले आग्रह गरेका थिए । उनिहरुलाई आफुले दैनिक जीवनमा गरिने अनावश्यक खर्चहरुलाई कटौती गरि थोरै थोरै रकम जम्मा गरेर आफ्नो जीवन बीमा गरी आर्थिक लाभ लिन अनुरोध गरेका थिए । साथै आफ्नो सम्पत्तिहरुको बीमा गरी ढुक्क हुन र नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमामा दिएको ८० प्रतिशत अनुदान र प्रदेश सरकारले दिएको २० प्रतिशत अनुदान रकमलाई उपयोग गरि बीमा गर्न पनि आग्रह गरेका थिए ।

नगरपालिकाका जनप्रतिनिधिहरु समक्ष आमनागरिकहरुलाई बीमामा समेट्न नीति तथा कार्ययोजना बनाई लागू गरिदिन पनि सहभागीहरुलाई प्रदेश प्रमुख  अधिकारीले अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेश प्रमुख ओम बहादुर अधिकारीले नगरपालिका परिवार तथा बीमा कम्पनीका सहकर्मी सबै मानिसहरुलाई सहभागी गराई कार्यक्रम सफल पार्न सहयोग गरिएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS