काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले इन्स्योरेन्स एसोसिएट पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले काठमाडौं उपत्यकाभन्दा बाहिरका लागि कर्मचारी माग गरेको जनाएको छ ।
सो पदमा आवेदन दिनको लागि मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तले कम्पनीको वेवसाइट मार्फत चैत १४ गतेभन्दा अघि आवेदन दिनुपर्नेछ ।