काठमाडौं, वैशाख ६ । आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने आर्थिक पत्रकारिता तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ(नाफिज) र मिडिया इन्टरनेसनलको संयुक्त रुपमा उक्त तालिम आयोजना गरिएको हो ।
तालिममा पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मुल्य वृद्धिसँग सम्बन्धी तथ्यांकका विश्लेषण र मुल्य वृद्धिका तथ्यांक संकलनका विधिका बारेमा दिवस न्यौपानेले तालिम दिएका थिए ।
तालिमको पहिलो दिनको विभिन्न सञ्चारमाध्यमा कार्यरत ५० जना पत्रकारले सहभागी भएका थिए ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन शुक्रबार नेपालको आर्थिक पत्रकारिताका समस्या र चुनौतिका विषयमा र अन्तिम दिन अर्थात शनिबार धितोपत्र बजार र कमोडिटी सम्बन्धीसँग सम्बन्धीत विषयमा तालिम प्रदान हुने छ ।