IME Life New

आइएमई लाइफले डाक्यो छैटौं वार्षिक साधारण सभा, यस्ता छन् ७ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र ६ गते सोमबार छैटौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले उक्त सभा लैनचौर बैंङक्वेटस काठमाडौंमा आयोजना गर्ने जनाएको हो । कम्पनीको फागुन १४ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा विहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७२ को वार्षिक प्रतिबेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

Esewa
Crest

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७२र०८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । वर्तमान लेखापरीक्षक पि.वाई.सी एण्ड एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सको तेस्रो वर्ष भएकोले पुनः नियुक्ति सिफारिस गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीको पूँजी संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरवदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरवदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ ।

सभाले सर्वसाधारणलाई छुट्टाईएको शेयर जारी गर्ने कार्यको सम्बन्धमा नियमनकारी निकायहरुबाट प्राप्त निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सञ्चालक समितिमा स्वतन्त्र सञ्चालक नियुक्ति लगायतका विषयमा छलफल गरी पारित गर्ने जनाएकमो छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS