काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले रिजनल म्यानेजरका लागि २ जना, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा विभिन्न ब्रान्चका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टमा हेड अफिसका लागि कर्मचारीको माग गरेको हो ।
कम्पनीले आफ्नो भइरहेको विभिन्न शाखा, उप शाखा तथा हेड अफिसका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १ महिनाभित्र अर्थात कम्पनीले माघ ६ गते सुचना प्रकाशति गरेकोमा अब फागुन ६ गतेसम्म आवेदन दिनुपर्नेछ ।