IME Life New

सिइओका लागि कृषि विकास बैंकले आव्हान गर्यो दरखास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृतको पदका लागि आवेदन खुला गरेको छ । बैंकले आज सोमबार एक सूचना जारी गर्दै सिइओ पदका लागि आवेदन माग गरेको हो ।

कार्यकारी प्रमुखको नियुक्तीका लागि व्यवस्थापन, बैकिङ, वित्तिय , मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन र कानून शास्त्र लगायतका विषयमा स्नात्तकोत्तर गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

Esewa
Crest

चार्टर्ड एकाउण्टेसी वा व्यवस्थापन, बैकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र लगायतका केहि विषयमा स्नातक उत्तिर्ण गरेकाले पनि आवेदन दिन सकिनेछ तर बैकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था वा विश्वविद्यालयमा अधिकृत सोसभन्दा माथिको पदमा १० वर्षको काम गरेको अनुभव हुनुपर्ने जनाएको छ ।

प्रमुख कार्यकारी अधिकृतका लागि करारमा उल्लेख भए बमोजिमका सर्तहरूका आधारमा मासिक पारिश्रमिक चार लाख रूपैयाँ र प्रोत्साहन रकम तथा अन्य सुविधाहरू पनि दिइने बैंकले जनाएको छ ।

उक्त पदका लागि आवेदन दिनका लागि सूचना प्रकाशित भएको मितिले २१ दिन अर्थात माघ १५ गतेभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS