IME Life New

पहिलो पटक खुलामुखी सामूहिक लगानी कोषलाई अनुमती दिदै बोर्ड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

धितोपत्र बोर्डले पहिलो पटक खुलामुखी सामूहिक लगानी कोष योजना सञ्चालनको अनुमति दिएको छ । एनआईविएल क्यापिटलले खुलामुखी योजना सञ्चालनको अनुमति पाएको हो । कोषको प्रारम्भिक आकार ५० करोड रुपैयाँको रहनेछ । पहिलो चरणमा १२ करोड ५० लाख बराबरको ईकाईहरु सार्वजनिक निकाष्शन गरी विक्री गरिने भएको छ ।

२०६८ सालमा सामूहिक लगानी कोष नियमावली लागू भए पछि हालसम्म १६ अर्ब रुपैयाँ बराबरको १७ वटा बन्दमुखी योजना सञ्चालनमा रहेको छ ।

Crest

खुलामुखी योजनाको प्रवेशसँगै लगानीकर्ताहरुलाई लगानीका लागि नयाँ वित्तीय औजार उपलब्ध हुने र लगानी विविधीकरण गर्न सहयोग पुग्नुका साथै धितोपत्र बजारमा नयाँ आयाम थप हुने बोर्डकाले विश्वास लिएको छ ।

खुलामुखी सामूहिक कोषको विशेषताहरु

खुलामुखी योजना स्टक एक्सचेञ्जमा सूचीकरण हुँदैन भने धितोपत्र दलाल मार्फत कारोबार पनि हुँदैन । योजनाको खुद सम्पति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको खरिद विक्री सुविधा उपलब्ध गराउँने हुँदा लगानीकर्ताहरुले चाहेको बखत सहजै ईकाई खरिद विक्री गर्न सकिनेछ । खुलामुखी योजना निरन्तर चलि रहन्छ । ईकाई खरिद गर्दा कुनै शुल्क लाग्दैन । खुलामुखी योजनाको प्रति ईकाई मूल्य १० रुपैयाँ हुने र न्यूनत्तम एक हजार रुपैयाँसम्ममा ईकाई खरिद गर्न सकिनेछ । लगानीकर्ताहरुको माग अनुसार योजनाको अकार बृद्धि गर्न सकिने र नयाँ योजना समेत ल्याउँन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS