IME Life New

प्राधिकरणको मधेश प्रदेश कार्यालयद्धारा पर्सा जिल्लाको ठोरी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणले पर्सा जिल्लाको ग्रामिण भुभागमा रहेको ठोरी गाउँपालिकासँग गाउँपालिकाको सभाहलमा सम्पन्न गर्यो उक्त कार्यक्रमको सभापतित्व प्राधिकरणको वीरगञ्ज प्रादेशिक कार्यालयका कार्यालय प्रमुख कुसुम शर्माले गरेकी हुन् ।

कार्यक्रमको प्रमुख अतिथिमा ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ सहित गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण लाल श्रेष्ठ, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधिहरु,पत्रकार तथा महिला समुहका व्यक्तिहरु लगायत ७५ जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

Esewa
Crest

कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरणका विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकी थिइन् । कार्यक्रममा जीवन बीमाका सम्बन्धमा बीमकको प्रतिनिधिको तर्फबाट रबी शंकर सराफले र निर्जीवन बीमाको सम्बन्धमा बीमकका तर्फबाट निखिल कुमार शर्माले आफ्रनो भनाई राखेका थिए ।

सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँसम्म आएर कृषि तथा पशुपन्छीको बीमा हुन्छ भन्ने कुराको जानकारी नगराएका कारण यस क्षेत्रका किसानहरुमा बीमाको बारेमा जानाकारी नभएको र यस कार्यक्रमले धेरै किसिमको चेतना भएको र बीमा त आफ्नै सुरक्षाको लागि आवश्यक रहेछ भन्ने कुराको ज्ञान भएको प्रतिकृया दिएका थिए ।

उनिहरुले बाली तथा पशु चौपायहरुको बीमा मार्फत आगामी दिनमा हुन सक्ने आर्थिक नोक्सीबाट सुरक्षित रहन सकिने कुराको जानाकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागीहरुले आगामी दिनहरुमा पशुपन्छीहरुको बीमा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

गाउँपालिकाका कुषि तथा पशु अधिकृतले यस क्षेत्रमा बीमा कम्पनीहरु कुनै पनि नआएको गुनासो गरेका थिए । उक्त गुनासाको सम्बन्धमा कार्यक्रमका सञ्चालक टेकराज पाण्डेयले पर्सा जिल्लामा कृषि तथा पशुपन्छी बीमाका लागि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा यस क्षेत्रमा अनिवार्य रुपमा उक्त बीमा कम्पनीले बीमा गर्नुपर्ने व्यवस्था रहेको जानाकारी गराएका थिए । उनले कम्पनीलाई कम्तीमा महिनाको एक पटक उक्त पालिकामा पुगेर काम गर्न र बीमाका सम्बन्धमा कृषकहरुलाई जानाकारी गराउनका समेत निर्देशन दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रेष्ठले यस्तो कार्यक्रमको आयोजना गरिदिएकोमा प्राधिकरणलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सबैलाई बोलाएर धेरै कुराहरु सिक्ने जान्ने मौका दिएको भन्दै खुसी व्यक्त गरेका हुन् । उनले कार्यक्रममा उपस्थित सम्पुर्ण वडा अध्यक्षहरुलाई कृषकको हितमा हुने गरी बीमाको कार्यक्रमलाई अगाडी बढाउन निर्देशन दिएका छन् । सडकका खाल्डाखुल्डी पुर्ने, तटबन्ध मात्रै लगाएर मात्रै विकास नहुने भन्दै श्रेष्ठले बीमाको चेतना फैलाएर सबैलाई सुरक्षित बनाउनु पनि स्थानीय तहको कर्तव्य भएको बताएका थिए । उनले सबैलाई दुई चार हजार रुपैयाँ खर्च गरेर लाखौ रुपैयाँको क्षतिबाट सुरक्षा पाउन सकिन्छ भन्ने जानकारी गराउन समेत आग्रह गरेका छन् ।

यसमा सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीले कार्य गर्न सकेमा पक्कै पनि आगामी दिनहरुमा पालिकालाई पर्न जाने आर्थिक क्षतिको भारलाई कम गर्न सकिन्छ भन्ने भनाई राखेका थिए ।

बीमा  कार्यक्रमलाई कसरी सहयोग गरेर बढि भन्दा बढिलाई व्यक्तिलाई र नीजको सम्पत्तीहरुलाई सुरक्षित गर्न सकिन्छ त्यसका लागि पालिका तयार रहेको र आगामी बर्षदेखि बजेटको व्यवस्था मिलाई बीमा सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिने र अहिले पनि कसरी हुन्छ बजेटको व्यवस्था गरि यस पालिकाका व्यक्ति तथा सम्पत्तीको सुरक्षा तथा संरक्षण गर्नका लागि पहल गरिने धारणा राखेका थिए ।

उक्त कार्यक्रममा सहभागिहरुले बीमा कम्पनीहरु गाउँ गाउँ सम्म वडा वडा सम्म पुग्नु पर्ने धारणा राखेका थिए । कार्यक्रमको समापनमा प्राधिकरणका कार्यालय प्रमुख कुसुम शर्माले सरकारले बजेट माफत घोषणा गरेको एक घर एक बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्यन गर्नका लागि पालिकालाई आवश्यक पर्ने बीमा सम्बन्धी सुझावका लागि प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको धारणा राखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS