IME Life New

इन्स्योरेन्स खवर प्रभाव: नागरिक लगानीकोषमा गैरकानुनी रुपमा नियुक्ति भएका कमलेश अग्रवाल बर्खास्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानीकोषले कमलेश अग्रवाललाई सञ्चालक पदबाट बर्खास्त गरेको छ । इन्स्योरेन्स खवरले अग्रवाल पटक पटक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सञ्चालक पदमा रहदै आएका कमलेश अग्रवाल गैरकानुनी रुपमा नागरिक लगानीकोषमा बैंक वित्तीय संस्थाको तर्फबाट पनि सञ्चालक रहेको भन्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रकाशन पछि अग्रवालको नाममा अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र नेपाल बीमा प्राधिकरणमा उजुरी परेको थियो ।

यसरी अग्रवालको नाममा उजुरी परे पछि कोषको सञ्चालक समितिले सञ्चालक पदबाट हटाएको कार्यकारी निर्देशक रमन नेपालले जानकारी दिए । अग्रवालको पदावधि धेरै अगाडी नै सकिएको थियो । तर ऐनमा बैंक वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको हकमा पदावधि उल्लेख छैन । तर अन्यको हकमा भने पदावधि स्पष्ट रुपमा उल्लेख छ । यसरी बैंक वित्तीय संस्थाको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको पदावधि उल्लेख गर्न कोषले अर्थमन्त्रालयमा ऐन संशोधनको लागि पठाएको थियो । छिटो काम गर्नका लागि कोषले मन्त्रालय मार्फत केहि नेपाल संशोधन ऐन अन्तर्गत प्रकृयाँ अगाडी बढाएको थियो । तर यो काम हुन सकेन । कोषले भने अर्को व्यवस्था नभएसम्मको लागि भन्दै अग्रवाललाई नै पुनः नियुक्ति दियो ।

Esewa
Crest

तर अग्रवालको नाममा धेरै वटा उजुरी आउन थाले पछि कोषले अर्को व्यवस्था नभएसम्मको लागि निरन्तरता दिने भन्ने अगाडीको व्यवस्थालाई संशोधन गरेर अव निरन्तरता नदिने भन्दै बर्खास्त गरिदिएको हो । यस सँगै कोषले आफ्नो वेवसाइटबाट अग्रवालको नाम हटाए पनि अहिलेसम्म नेपाल स्टक एक्सचेन्जलाई जानकारी समेत गराएको छैन ।

गएको मंसिर एक गते लगानीकर्ताहरुले अग्रवाल गैर कानुनी रुपमा नेपाल लाइफ र नागरिक लगानीकोष दुबैमा सञ्चालक रहेको भन्दै अर्थमन्त्राय सहित धितोपत्र बोर्ड, नेपाल बीमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्जमा उजुरी हालेका थिए ।

नेपाल धितोपत्र बोर्डले जारी गरेको सूचिकृत संगठित संस्थाले पालना गर्नुपर्ने संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ तथा नेपाल बीमा प्राधिकरण(साबिकको बीमा समिति) ले बीमकको लागी जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को अक्षरशः पालना गरी संस्थागत सुशासन कायम गराउनु पर्यो भने उजुरी हालेका थिए । नेपाल बीमा प्राधिकरणले यस विषयमा अहिलेसम्म पनि कुनै निर्णय गरिसकेको छैन । तर नागरिक लगानीकोषले भने अग्रवाललाई बर्खास्त गरिदिएको हो । जवकी प्राधिकरणले जारी गरेको संस्थागत सुशासन निर्देशिका अनुसार कुनै पनि अर्को बैंक वित्तीय संस्था वा कुनै पनि निक्षेप संकलगन गर्ने संगठित संस्थाको सञ्चालक रहेको व्यक्ति बीमा कम्पनीको सञ्चालक हुन पाइदैन । तर अग्रवाल यो नियम विपरित नेपाल लाइफको सञ्चालक भएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपाल लाईफको संचालक नियुक्ति सम्बन्धी विवादमा नेप्सेले बीमा प्राधिकरण र धिताेपत्र बाेर्डलाई पत्र लेख्याे

संस्थागत सुशासन विपरित नेपाल लाइफमा दुई जना संचालक नियुक्ती, कारवाहीकाे माग गर्दै पर्‍यो उजुरी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS