काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही र सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
यी पदहरुका लागि संस्थाले एसईई उत्तीर्ण देखि प्लस टु उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले पुस २२ गतेसम्म कम्पनीको वेबसाइट मार्फत दरखास्त दिनुपर्ने संस्थाले जनाएको छ ।