IME Life New

३ कम्पनीले मागे ठुलो संख्यामा कर्मचारी, दरखास्त दिने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तीन कम्पनीले ठुलो संख्यामा कर्मचारीको माग गरेको छ । सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेका हुन् । यी कम्पनीमा जागिरका लागि ईच्छुकले आज बैंकिङ कारोबार समयसम्म आवेदन दिन सक्नेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले डिसिइओमा एकजना, डिजिएम तथा एजिएमका लागि केही, म्यानेजरियल लेभल अल डिपार्टमेन्टका लागि केही, अफिसर लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, असिस्टेन्ट लेभल मार्केटिङ क्लेम अल डिपार्टमेन्टका लागि केही, इन्जिनियर तथा ओभरसियरका लागि केही र हेल्थ असिस्टेन्टका लागि केही संख्यामा माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । उक्त पदहरुका लागि कम्पनीले न्यूनतम स्नातक तहदेखि अधिकतम स्नाकोत्तर तहसम्म उर्तिण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेसम्म कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

Esewa
Crest

सिन्धु विकास बैंक लिमिटेडले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि केही, चार्टर्ड एकाउन्टेडका लागि केही र रिलेसनशिप म्यानेजरमा सिनियर असिस्टेन्टदेखि जुनियर अफिसरका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो । उक्त पदहरुमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २९ गतेभित्र बैंकको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले १० वटा शाखाको लागि ट्रेनि एसिस्टेन्ट पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि व्यवस्थापन संकाय तर्फमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर २९ गतेभित्र कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS