Connect IPS
IME Life

नेपालगन्जमा अजोड इन्स्योरेन्सको शाखा

SPIL
NIC ASIA new
Sanima Reliance

अजोड इन्स्योरेन्स कम्पनीले नेपालगञ्ज शाखा कार्यालयको उद्धघाटन गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र अजोड इन्स्योरेन्स लि. का संचालक सागर गुरुङ्गले संयुक्त रुपमा नेपालगञ्ज शाखा कार्यालयको  उद्धघाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै मेयर धवल शमशेर राणाले अजोड इन्स्योरेन्सको शाखा विस्तार भएकोमा खुसि व्यक्त गरे । कम्पनीलाई आवश्यक परेको बेला उपमहानगरपालिकाले साथ र सहयोग दिने बताए ।

Prabhu
Crest

अजोड इन्स्योरेन्स लि. का संचालक सागर गुरुङ्गले नेपाली बीमा बजारमा बढ्दो बीमाको आवश्यकता लाई परिपूर्ति गर्ने उद्देश्यले कम्पनी स्थापना भएको बताए । कम्पनीको उद्देश्य परिपूर्ति गर्नका लागि देशको विभिन्न ठाउँहरुमा शाखा कार्यालय खोल्ने क्रममा नेपालगञ्जमा शाखा विस्तार गरिएको छ । यँहाका जनताहरुको जोखिम बहन गरि सेवा प्रदान गर्ने उद्देश्यले यो शाखा विस्तार गर्न पाउँदा खुसि रहेको बताए । अरु निर्जीवन बीमा कम्पनीको तुलनामा अजोड इन्स्योरेन्स कम्पनीले दाबी भुक्तानी लगाएत अन्य सेवाहरुमा अगाडि रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले आजको समयमा इन्स्योरेन्स आवश्यकताको वस्तु भै सकेको छ । तर आज पनि सबैमा यस बारे ज्ञान नै नरहेको बताए । गाउँ गाउँमा यस कम्पनीको शाखाकार्यालय पुर्याएर सबैमा बीमा सचेतना फैलायोस् भन्ने शुभकामना दिए । कम्पनीलाई आवश्यक परेको खण्डमा जति वेला पनि पनि उधोग वाणिज्य संघले साथ दिने प्रतिवद्धता व्यक्त गरे ।

महेन्द्र बहुमुखि क्याम्पस प्रमुख गणेश कुमार रेग्मिले नेपालगञ्जमा यो कम्पनीको शाखा आएकोमा बधाई तथा शुभकामना व्यक्त गरे । इन्स्योरेन्सको क्षेत्रमा यो कम्पनीले नयाँ पाइला चाल्न सकोस, नयाँ योगदान दिन सकोस् उनले बताए ।

सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले कम्पनिका बारेमा जानकारी दिए । कार्यक्रममा शाखा प्रमुख रमेशराज शर्माले स्वागत मन्तव्य राखेका थिए । भने योगेन्द्र कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS