IME Life New

चैत पछि सफ्टवेयरबाटै दोहोरो अभिकर्ताको लाइसेन्स निष्कृय हुने, प्यान कार्ड नम्बरले ट्र्याकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एक भन्दा बढि बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएकालाई सफ्टवेयर प्रणालीबाटै चैत पछि निष्कृय बनाइदिने भएको छ । प्राधिकरणले नयाँ बीमा ऐन २०७९ मा एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था भएको भन्दै गत कार्तिक २२ गते नै सम्पुर्ण अभिकर्ताहरुलाई स्वेच्छिक रुपमा एउटा कम्पनी छनोट गर्न निर्देशन दिएको थियो ।

प्राधिकरणले बीमा ऐन २०७९ को दफा ९१ को उपदफा ७ बमोजिम बीमा अभिकर्ताको इजाजतपत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ भन्ने व्यवस्था रहेको हुँदा त्यस त्यस बीमकमा आवद्ध बीमा अभिकर्ताहरुलाई स्वेच्छिक छनोट गराई कुनै एक मात्र बीमकको अभिकर्ता भई कार्य गर्न निर्देशन दिएको थियो ।

Esewa
Crest

प्राधिकरणले दिएको यस्तो निर्देशन अव चैत मसान्तसम्म मात्रै रहनेछ । चैत मसान्त पछि प्राधिकरणले सफ्टवेयर प्रणालीबाट डुब्लिकेसन पत्ता लगाएर खारेज गर्ने तयारी गरेको छ । यहि कामका लागि प्राधिकरणले सम्पुर्ण कम्पनीहरुलाई आफ्ना अभिकर्ताको प्यान नम्बर प्रणालीमा प्रविष्ठ गर्नका साथै प्यान कार्ड नै फोटो खिचेर पठाउन निर्देशन दिइसकेको छ ।

नागरिकता नम्बरका आधारमा मात्रै डुब्लिकेसन हेर्दा समस्या भए पछि प्राधिकरणले प्यान नम्बरबाट ट्र्याकिङ गर्ने भएको हो । प्यान नम्बरबाट सजिलै डुब्लिकेसन पत्ता लगाउन मिल्ने भए पछि सफ्टवेयर प्रणालीमै यस्तो किसिमको कोडिङ गरिएको हो ।

पुरानो नियम अनुसार बीमा अभिकर्ताले हरेक वर्ष चैत मसान्त भित्र नविकरण गराउनु पर्ने व्यवस्था थियो । यहि समयावधिलाई आधार मान्दै प्राधिकरणले आगामी चैत भित्र बीमा अभिकर्तालाई स्वेच्छिक रुपमा एउटा मात्रै बीमा कम्पनी छनोट गर्न निर्देशन दिएको हो । पुरानो व्यवस्था अनुसार असोज मसान्तसम्म नविरकण नगरेमा स्वत खारेज हुने व्यवस्था थियो । अहिले तीन वर्षसम्म नविकरण गर्न नपर्ने तर तीन वर्ष विते पछि तीन महिनाको अवधिभित्रमा जसरी पनि नविकरण गर्नै पर्ने व्यवस्था छ ।

यस भन्दा अगाडी एउटै व्यक्तिले दुई वा सो भन्दा बढि कम्पनीमा अभिकर्ताको काम गर्न हुँदैन भन्ने कुनै वाध्यात्मक व्यवस्था थिएन । तर नयाँ ऐनमा यस्तो व्यवस्था थप भए सँगै कतिपय अभिकर्ताहरुलाई भने धेरै नै ठुलो समस्या पर्ने देखिन्छ ।

अभिकर्ताहरुले एकै पटक दुई वा सो भन्दा बढि कम्पनीमा अभिकर्ताको काम गर्दै आइरहेका छन् । कतिपय अभिकर्ताहरुले दुई वटै कम्पनीमा एजेन्सी म्यानेजर भएर काम गरेका छन् । यस्तो अवस्थामा कुनै एउटा मात्रै कम्पनी छनोट गर्नु पर्दा उनिहरुले प्राप्त गर्ने नविकरण बीमा शुल्कको कमिशन तथा तलब सुविधामा असर पर्न सक्छ । अभिकर्ता लाइसेन्स नै खारेज गर्दा उनिहरुको हक हनन हुन सक्ने हुँदा यस विषयमा प्राधिकरणले सहजिकरण गर्नु पर्ने हुन्छ । अभिकर्ताको दायित्व दीर्घकालिन हुन्छ ।

कुनै एउटामा सक्रिय भएर अर्कोमा निष्कृय भएकालाई यस्तो नियमले असर गर्दैन तर अहिलेकै अवस्थामा दुई वटै कम्पनीमा सक्रिय अभिकर्ताको हकमा भने धेरै असर गर्ने हुँदा प्राधिकरणले लाइसेन्स नै खारेज गर्नु हुँदैन । यस्तो अवस्थामा नयाँ पोलिसी जारी गर्न रोक लगाउने र नविकरण बीमा शुल्कबाट प्राप्त हुने कमिशन र सेवा सुविधाबाट भने बञ्चित हुने गरी लाइसेन्स नै खारेज गर्नु हुँदैन ।

लाइसेन्स खारेज हुने वित्तीकै उक्त कम्पनीले सम्बन्धित अभिकर्तालाई कमिशन तथा सेवा सुविधा दिदैन । यस विषयमा प्राधिकरणले सफ्टवेयरबाटै व्यवस्थित गर्न सक्ने बनाउनु पर्छ । एउटा कम्पनीको अभिकर्ता लाइसेन्सलाई मात्रै सक्रिय बनाएर अन्य कम्पनीको अभिकर्ता लाइसेन्स निष्कृय बनाइ नयाँ बीमा पोलिसी दर्ता नहुने व्यवस्था मिलाउदा राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%
happy

खुसी

9%
sad

दु :खी

9%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS