काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर र डेपुटी म्यानेजर, म्यानेजरका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
उक्त पदका लागि बैंकले स्नातक तह उर्तिण गरेको हुनुपर्ने बैंकले जनाएको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले क्युआर कोड स्क्यान गरी दरखास्त दिन सक्नेछन् ।