काठमाण्डौं । स्वास्थ्य बीमा बोर्डले जनशक्ति भर्नाको लागी लिखित परिक्षा मंसिर १७ गते संचालन गर्ने भएको छ । बोर्डले सार्वजनिक सूचना प्रकाशन गर्दै २०७९ भदौ ३० गते प्रकाशित सूचना अनुसार नर्सिङ अधिकृत सातौं (स्वास्थ्य), फार्मेसी अधिकृत सातौं(स्वास्थ्य) र जनस्वास्थ्य अधिकृत सातौं(स्वास्थ्य) पदका लागी रत्नराज्य माद्यमीक विद्यालय नयाँ बानेश्वरमा लिखित परिक्षा संचालन हुनेछ ।
यीमध्ये नर्सिङ अधिकृतको परिक्षा बिहान ८ बजे, फार्मेसी अधिकृतको परिक्षा बिहान ९ः३० बजे र जनस्वास्थ्य अधिकृतको परिक्षा बिहान ११ बजे संचालन गरिने बोर्डले जानकारी दिएको छ ।
यसैगरी मेडिकल अधिकृत आठौं तहको अन्तरवार्ता मंसिर १५ गते स्वास्थ्य बीमा बोर्डको कार्यालय टेकु काठमाण्डौंमा संचालन हुने भएको छ। हेल्थ इकोनोमिक्स आठौं तह र आइटी डेभलपरको मंसिर १६ गते अन्तरवार्ता मिति तय गरिएको बोर्डले सार्वजनिक सूचनामार्फते जानकारी दिएको छ । अन्तरवार्ताको दिन आधा घण्टा पहिले नै सक्कल प्रमाणसहित उपस्थित हुनको लागी अनुरोध गरेको छ ।